एक वर्षमा पाँच लाख भूमिहिनलाई लालपूर्जा वितरण गर्ने योजना « Khabarhub

एक वर्षमा पाँच लाख भूमिहिनलाई लालपूर्जा वितरण गर्ने योजना


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरिसकेको बताएकी छिन् ।

कैलालाीको लम्कीचुहा नगरपालिका वडा नं। ३ को बादी बस्तीमा १३० भूमिहिन दलितलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाझो जमिनहरुको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरेको बताएकी हुन् ।

मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहिन दलित, भूमिहिन सुकुम्वासीको हक अधिकार स्थापित गर्न भूमिहिनलाई भूमि वितरणको काम गरिरहेको बताइन् ।

मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढीसकेको पनि बताइन् ।

नागरिकलाई रोजगारीको सिर्जना गर्न योजना बनाइसकेकोे र रोजगारी खोज्न बाहिर हिड्नु नपर्ने गरी काम गर्न सरकार प्रबिद्ध भएर लागेको पनि मन्त्री श्रेष्ठले बताइन् ।

उनले भूमिहिनलाई लालपूर्जा वितरणको काम अभियानको रुपमा अगाडी बढाइएको र हालसम्म गउँव्लकमा ५० हजार भन्दाबढी भूमिहिनलाई लालपूर्जा वितरण गरेर कानुनी रुपमा जग्गाको मालिक बनाइएको बताइन् ।

मन्त्री श्रेष्ठले यहि वर्षभित्र ३०० पालिकाकाका पाँच लाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वार्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सवै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटादै नतिजा दिनेगरी काम गरिरहेको पनि बताइन् ।

उनले २०४९ सालभन्दा अगाडी विभिन्न साझा संस्थाहरुमा किसानले मल लिनका लागि धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेको भन्दै उनीहरुको ऋण मोचन गर्ने आफू लागि परेको उनका दावी छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : १४ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको