पाकिस्तानमा १ करोड महिला मतदाता थपिए « Khabarhub

पाकिस्तानमा १ करोड महिला मतदाता थपिए


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व आर्थिक मञ्चले सार्वजनिक गर्ने विश्वव्यापी लैङ्गिक समानता सूचकमा पाकिस्तान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द नेशन पाकिस्तानका अनुसार यस सूचक सार्वजनिक भएसँगै त्यहाँ लैङ्गिक असमानताको विषयमा चर्चा सुरु भएको छ ।

यद्यपि केही क्षेत्रमा भने पाकिस्तानमा महिलाको सहभागिता सुधारोन्मुख रहेको पाइएको छ । हालै पाकिस्तानको राष्ट्रिय तथ्यांक एवम् दर्ता प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१८ मा भएको आम निर्वाचनयता १ करोड महिलाले मताधिकार पाएको द नेशनले जनाएको छ ।

यससँगै पाकिस्तानमा महिला मतदाताको संख्या झण्डै ५ करोड ७० लाख पुगेको छ । सन् २०१७ मा पाकिस्तानको तथ्यांक एवम् दर्ता प्राधिकरण एवम् निर्वाचन आयोगले लैङ्गिक असमानता न्यूनीकरणका लागि थालेको अभियान अनुसार महिला मतदाताको संख्या बढेको द नेशनले जनाएको छ ।

यद्यपि नयाँ मतदाताका रुपमा दर्ता भएका महिलाहरुले निर्वाचनका दिन मत हाल्न आउनसक्ने वातावरण भने अझै बनिनसकेको जनाइएको छ । परिवारले बाहिर जान नदिने एवम् अन्य कुप्रथाका कारण अझै पनि पाकिस्तानमा महिलाहरु म्तदान अधिकारबाट बञ्चित रहँदै आएका छन् ।

पाकिस्तानको संविधानको धारा २५ ले सबै नागरिकलाई कानूनका अगाडि समान मानेको छ । त्यसैगरी सन् २०१७ को निर्वाचन ऐनमा १० प्रतिशत महिला मतदाताको संख्या नपुगेको खण्डमा मतदान नै रद्द हुने प्रावधान रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : २४ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा