डेंगु संक्रमण महामारीको अवस्थामा पुगिसक्यो « Khabarhub

डेंगु संक्रमण महामारीको अवस्थामा पुगिसक्यो

बिहान र बेलुका डेंगु सार्ने लामखुट्टे बढी सक्रिय हुन्छ



राजधानी काठमाडौंमा डेंगुले महामारीको रूप लिन थालेको छ। जेठमा धरानमा देखिएको डेंगु सङ्क्रमण अहिले काठमाडौंमा पनि डेंगु आशंका लागेर अस्पताल पुगेका झन्डै ९० प्रतिशतमा डेंगु पुष्टि भएको हो। यसै विषयमा आधारित भएर डा. प्रशान्त त्रिपाठीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय डेंगु सङ्क्रमण कोरोनाको जस्तै महामारीको अवस्थामा पुगेको छ अहिलेको अवस्थालाई हामीले कसरी बुझ्ने ?
डेंगु सङ्क्रमण अहिले महामारीको अवस्थामा पुगिसक्यो। धेरै ज्वरोको बिरामी हुनुहुन्छ। त्यसमा पनि ९० प्रतिशत डेंगुका बिरामी हुनुहुन्छ।

डेंगु सङ्क्रमण हुने व्यक्ति कस्तो कस्तो पाउनु भएको छ ?
मुख्य सङ्क्रमण भनेको ज्वरो नै हो। त्यसमा शरीर धेरै दुख्ने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, वान्ता आउने शरीरमा विभिन्न खालका बिमिरा आउने हुन्छ।

परिवारमा एक व्यक्तिमा डेंगू भयो भने अर्कोमा सर्ने सम्भावना कत्तिको हुन्छ ?
एउटा लामखुट्टेले कुनै डेंगु सङ्क्रमण भएको मान्छेलाई टोके पनि त्यसको रगतमा भाइरस हुन्छ। त्यही लामखुट्टेले अर्को मान्छेलाई गएर टोक्यो भने संक्रमण सर्ने अवस्था हुन्छ।

यो कोरोना जस्तै हो त नजिक गयो भने पनि सर्ने ?
यो एउटा व्यक्तिबाट अर्कोमा सर्ने पनि अवस्था हुन्छ। सुरुवाती अवस्थामा डेंगू भाइरसले सङ्क्रमण गरेको छ भने त्यो लामखुट्टेले टोकेर अरु मान्छेमा सर्छ। धेरै जसो तर रोग पुरानो भए पछि त्यो अवस्था खासै रहँदैन। त्यसैले हामीले कोभिड जस्तो ज्वरो आउँदा सरिहाल्छ भनेर डराउनु पर्दैन।

एउटा लामखुट्टेले कतिसम्म सङ्क्रमण फैलाउन सक्छ ?
अरु भन्दा यो लामखुट्टेको फरकपना भनेको यो अरु भन्दा सानो हुन्छ। जिउमा टिकटिक भएको हुन्छ। यो धेरै माथिसम्म जान सक्दैन र टाढा पनि जाँदैन। यो घाम उदाएपछिको १ देखि २ घण्टाको र अस्ताउने बेलाको समयमा बढी सक्रिय हुन्छ। त्यो बेला मान्छेमा सर्ने सम्भावना धेरै छ। बिहानको समयमा हामी सबै बाहिर पुग्छौं। यसबाट जोगिन बाहिर ननिस्कनु राम्रो हुन्छ। बच्चाहरूलाई पनि धेरै बाहिर जान नदिने गर्दा राम्रो हुन्छ।

काठमाडौंमा नै धेरै सङ्क्रमण फैलिनु के होला ?
हामीले लामखुट्टेको नियन्त्रणको विषयमा जति सक्रिय हुनु पर्ने हो त्यो जागरूकता पाएका छैनौ। सरकारी तवरबाट कुनै लामखुट्टे मार्ने कार्यक्रम भएको पाएका छैनौं। हामी राजधानीमा बसेका छौँ। सबै सुविधा भएको ठाउँमा बसेर धेरै हुनु भनेको सामान्य कुरा होइन।

यो लामखुट्टे फोहोर पानीमा पनि बस्छ ?
यो जहाँ पनि बस्छ। यसको प्रजननको लागि पानी जम्नु पर्दछ। थोरै पानी जम्मा भएको ठाउँमा पनि प्रजनन गर्न सक्छ। जस्तो हामीले गमलामा फुल रोपेका छौँ। त्यसको मुनि थाल राखेका छौँ। त्यसमा पनि यो बस्न सक्छ। रोग फैलाउन सक्छ। त्यसैले हाम्रो घरको वरिपरि पानी जम्न दिनु हुँदैन।

डेंगु सङ्क्रमण भएपछि खाना कस्तो खाने ?
यसले हाम्रो रोग प्रतिरोधात्मक शक्ति घटाउने काम गर्छ। त्यो रोगलाई शरीरले जित्नको लागि पोसिलो आहार आवश्यक पर्छ। भिटामिन सी भिटामिन डी, माछा मासुसँग भात दाल फलफूल खानु पर्दछ। यसले बिरामीलाई धेरै कमजोर बनाउँछ त्यसको औषधि हुँदैन त्यसैले धेरै पौष्टिक तत्त्व खानु पर्दछ।

कस्तो अवस्थामा घरमा नै उपचार गर्ने र कस्तो अवस्थामा चाहिँ अस्पताल जानु पर्दछ ?
कसैलाई टाउको धेरै दुख्यो बिमिरा आयो भने हामी तुरुन्त नजिकको अस्पतालमा गएर डेंगुको परीक्षण गर्नु पर्दछ। कतिपय अवस्थामा अस्पतालमा नै बस्नु पर्दछ भन्ने छैन। घरमा नै निको हुन्छ। परीक्षण गरेपछि डाक्टरको सल्लाह अनुसार गर्नु पर्दछ। कसैलाई तारनतार बान्ता भयो, धेरै पेट दुख्ने कमजोरी पना धेरै भयो प्रेसर घट्यो भने भर्ना गरेर नै उपचार गर्नु पर्दछ। कोही कोही बिरामीमा सेतो रगत कम भयो भने आईसीयूसमा नै लैजानु पर्दछ।

सरकारी निकायले गर्न नसकेको काम के हो ?
सरकारी निकायले गर्नु पर्ने जिम्मेवारी पूरा नगरेको पाइएको छ। प्रदेश प्रदेश वडा वडाबाट लामखुट्टे मार्ने उपाय अपनाउनु पर्दछ।

अब नागरिक आफैंले कसरी डेंगुबाट बच्ने ?
सरसफाइ गर्ने। पानी जमेको ठाउँ पुर्ने लामखुट्टे मार्ने नै पहिलो प्राथमिकता हो। पहिला त हामीले रोग लाग्न नै नदिने। रोग लागि हाल्यो भने पनि अस्पताल गएर डाक्टरलाई देखाएर चिकित्सकको निगरानीमा बस्नु धेरै राम्रो हुन्छ।

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ५९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको