भुसको आगो जस्तै रुसमा विद्रोही भावना | Khabarhub Khabarhub

भुसको आगो जस्तै रुसमा विद्रोही भावना


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बिहानको ३ बजेको छ। सेन्टर पिटर वर्गको सडक मरुभूमि तुल्य छ। त्यही सहरको केन्द्रमा दुई जना स्वतन्त्रताका अभियन्ता जोखिम मोलेरै केही गर्ने योजनामा छन्। रुसमा कठिन मानिने युद्ध विरोधी गतिविधिको तयारी ती दुई युवाले गरिरहेका थिए।

उनीहरूले गुमनाम रूपमा राति त्यो काम गरिरहेका थिए। राति शान्त स्थानमा सीसी टिभीबाट टाढा रहेर उनीहरूले यो तयारी गरेका हुन्। उनीहरू हुक लगाएर बसेका हुन्छन्। उनीहरूले ती विरोधका सामग्री तयार गर्दा र ठाउँ ठाउँमा झुन्ड्याउँदा पन्जा लगाएर गरेका हुन्छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेको एक दिनपछि नै फेमिनिस्ट एन्टी वार रेसिस्टेन्स सञ्चालनमा आएको थियो। पछिल्लो समयको त्यो समूहले भने विभिन्न स्थानमा युद्ध विरोधी पेन्ट गर्ने गरेको छ। यो पछिल्लो समूहले विद्यालयको बाहिर सडकमा पनि यस्ता खालका विद्रोहको काम गर्ने गरेको छ।

यो अभियानका लक्ष्य ती आमालाई सचेत र जागरूक गराउने रहेको छ। जसले एक दिन आफ्ना सन्तानलाई युद्धमा पठाउनु छ। अहिले धेरै जना यो अभियानमा सरिक हुने इच्छा राख्न थालेका छन्।

यो अभियानका लक्ष्य ती आमालाई सचेत र जागरूक गराउने रहेको छ। जसले एक दिन आफ्ना सन्तानलाई युद्धमा पठाउनु छ। अहिले धेरै जना यो अभियानमा सरिक हुने इच्छा राख्न थालेका छन्। रुसले युक्रेनमा आक्रमण गर्दा असन्तुष्ट रहेका थुप्रै समूह भिन्ना भिन्नै रूपमा सङ्गठित हुने क्रममा पछिल्लो समयको यो एउटा अभियान हो।

ती युवाहरूको विचारमा यो वाहियात र साम्राज्यवादी सोचले प्रेरित युद्ध हो। यो राष्ट्रपतिको वाहियात कदम भएको भनेर ती अभियन्ताले लबिङ नै सुरु गरेका छन्।

यिनीहरूले रातभर गरेको कामको असर देखिन थालेको छ। सेन्ट पिटर वर्गको मुख्य सहरमा रहेको एउटा विद्यालयको अगाडि युद्ध विरोधी सन्देश झल्कने खालको सन्देश लेखिएको छ। बिहान मानिस हिँड्दा यो देखिने खालको थियो। यो कत्ति समय रह्यो थाहा भएन। तर, पनि यसले रुसी सत्तालाई पक्कै पनि अशान्त बनाएको हुनुपर्छ।

यो अभियान चल्दै जाँदा विस्तारै सबै रुसी नागरिक युद्धको विरुद्धमा जाने उनीहरूको विश्वास छ। यसले युद्धको विरुद्धमा जागरुप बनाउँदै लैजाने तथा अहिले युद्धको पक्षमा रहेकाको समेत विचार बदलिने उनीहरूको तर्क छ। रुसमा युद्धको पहिलो साता सडकमा जनप्रदर्शन भएको थियो। त्यसलाई हिंसात्मक रूपमा क्षतविक्षत बनाइएको थियो। प्रहरीले अश्रुग्याँस प्रहार गर्ने तथा गोली नै चलाउने काम समेत गरेको थियो।

रुसमा युद्ध विरोधी गतिविधि साँच्चै खतरनाक मानिन्छ। अभियानकर्ताको अनुसार देशभरमा युद्ध विरोधी गतिविधि गरेका कारण १६ हजार व्यक्तिलाई गिरफ्तार गरिएको छ। अहिले प्रदर्शन त हुन छाडेका छन्। तर, आफ्ना बीचमा या आफू भएको स्थानमा सँगै रहेकासँग बसेर युद्ध विरोधी गफ गर्नेको जमात भने कम छैन।

रुसमा युद्धको पहिलो साता सडकमा जनप्रदर्शन भएको थियो। त्यसलाई हिंसात्मक रूपमा क्षतविक्षत बनाइएको थियो। प्रहरीले अश्रुग्याँस प्रहार गर्ने तथा गोली नै चलाउने काम समेत गरेको थियो।

यसरी युद्धविरुद्धमा कुरा गर्नेहरू कतिपय विश्वविद्यालय या कलेजबाट निकालिएका छन्। कतिपयलाई सुरक्षाकर्मीले थाहा पाएर गिरफ्तार गरेको छ। रुसी अधिकारीको दाबी भने फरक छ। उनीहरूको दाबी अनुसार युक्रेनमा भएको आक्रमणको धेरै रसियन समर्थक छन्।

स्पेसल मिलिटरी अपरेसन नाम दिइएको त्यस युद्धको पक्ष या विपक्षमा रहनेको मत या प्रतिशत निकाल्ने त साँच्चै कठिन काम नै हो। तर, पनि विभिन्न स्वतन्त्र निकायले गोप्य रूपमा गरेको सर्वेक्षण अनुसार ७० प्रतिशत आक्रमणको पक्षमा र ३० प्रतिशत यो आक्रमणको विपक्षमा रहेको पाइएको छ।

तर, विश्लेषकको यसमा असहमति छ। आधिकारिक निकायको संलग्नता रहेको यस्तो खालको पोलको विश्वसनीयता हुँदैन। त्यहाँ कुनै पनि निकायले गरेको यस्तो सर्वेक्षणमा डरले पनि राज्यको पक्षमा बोल्ने सम्भावना भने रहन्छ नै। यस कारण पनि त्यो पोलिङको विश्वसनीयतामाथि प्रश्न उठाइएको हो।

यस्ता विरोधी अन्यत्र पनि छन्। स्मोलेन्सकमा एक जना ३२ वर्षीय एयरक्राफ्ट इन्जिनियर छन्। उनले स्मोलेन्सकको चोकमा प्रत्येक दिन एक्लै भए पनि विरोध गर्ने गरेका छन्। उनको योक्रम युद्ध सुरु भएदेखि कै हो। पछिल्लो सात महिनामा उनले तीन दिन मात्र यो बिराए छन्। त्यो तीन दिन उनी कि त जेलमा थिए या कुनै अन्त्येष्टिको कार्यक्रममा सरिक थिए।

युद्धको विरुद्धमा जागरूक गराउने सोच राखेका उनलाई धेरै पटक धरपकड गरिएको छ। प्रहरीले बेसमारी पिटेको अनुभव पनि छ। उनीजस्ता धेरैको विद्रोहलाई रोक्न रुसी सरकारले कुनै कसर बाँकी राखेको छैन। मार्च महिनामा युद्ध सुरु भएको केही समयपछि नै त्यहाँको सरकारले केही नियम पास गरेको छ। युद्ध शब्द प्रयोग गर्नका लागि बर्जित नै गरिएको छ। युक्रेनमा विशेष सैन्य अपरेसनको नाम उनीहरूले दिएका छन्। त्यसलाई युद्ध भनेर सम्बोधन गर्ने पनि जेल जान सक्छन्।

युद्धको विरुद्धमा जागरूक गराउने सोच राखेका उनलाई धेरै पटक धरपकड गरिएको छ। प्रहरीले बेसमारी पिटेको अनुभव पनि छ। उनीजस्ता धेरैको विद्रोहलाई रोक्न रुसी सरकारले कुनै कसर बाँकी राखेको छैन।

‘हामीलाई एकदमै बढी डर छ,’ ती इन्जिनियरले भने, ‘यो डरसँग कसरी सामना गर्ने भन्ने बारेमा मसँग उपाय छैन। मैले यसलाई राम्रोसँग बुझेको छु। हरेकका परिवार र कार्यालय छ। त्यो नै डरको कारण भएको छ। यस कारण हामीले डरको बीचमा नै काम गरेका हौ।’ त्यहाँ युद्ध विरोधीको साङ्केतिक रूपमा कुरा गर्छन्। भीडभाडमा पनि उनीहरू अन्य सबै सतर्क हुँदै आफ्नो कुरा आदान प्रदान गर्छन्।

अन्य व्यक्तिले युद्धका बारे कुरा गर्दा बाटोमा यसलाई नकारात्मक रूपले हेर्ने धेरै छन्। तर, उनीहरू आफ्नो नाम भने बताउन चाहदैनन्। युद्धको पक्षधर भने खुलम खुला आफ्नो कुरा राख्ने गरेका छन्। ‘रुसले जे गरेको छ। सही गरेको छ। अन्त्यमा हाम्रो जित नै हुने छ’, युद्ध पक्षधरले भन्ने गरेका छन्।

युद्ध विरोधी गतिविधि गर्नेलाई बाटोमा हिँड्दा धेरैलाई हार्दिकतापूर्वक स्वागत गर्ने गरेका छन्। हात मिलाउने र साङ्केतिक रूपमा ढाडस दिने काम गर्छन्। तर, युद्धको विरोध गर्नेसँग हात मिलाउँदा या बोल्दा सुरक्षाकर्मीले देख्ने हुन् कि भन्ने डर भने सबैलाई छ। यहाँ धेरैलाई आफ्नो बच्चाको बारे चिन्ता छ। छोरीको साथमा हिँडेकी एक महिला पनि युद्ध विरोधीलाई इङ्गित गर्दै भन्छिन्, ‘उसको अभियान ठिक छ। यो युद्ध कसैको पक्षमा पनि छैन। न हाम्रो देशको पक्षमा छ न अन्य कसैको।’

अन्य व्यक्तिले युद्धका बारे कुरा गर्दा बाटोमा यसलाई नकारात्मक रूपले हेर्ने धेरै छन्। तर, उनीहरू आफ्नो नाम भने बताउन चाहदैनन्। युद्धको पक्षधर भने खुलम खुला आफ्नो कुरा राख्ने गरेका छन्।

युद्धको विरोध गर्ने भिटाली भने भाग्यमानी मानिएका छन्। उनले लामो समय जेल बिताउनु परेको छैन। मस्को सहरमा रहेकी एलीनाको जस्तो हालत उनको धन्न भएन। उनको छोरा गिरफ्तार भएको धेरै भइसकेको छ। तर, अत्तोपत्तो छैन।

एलीनाका छोरा २३ वर्षीय डिमा इमानोभ जेहेन्दार विद्यार्थी थिए। अप्रिल महिनामा उनलाई सामाजिक सञ्जालमा जारी युद्धको विरुद्धमा लेखेका कारण गिरफ्तार गरिएको थियो। अप्रिल महिनामा उनलाई गिरफ्तार गरियो र गम्भीर प्रकृतिमा मुद्दा पनि लगाइयो। रुसमा धेरै फौजदारी अपराधीलाई झैँ उनलाई पनि पाँच वर्षदेखि १० वर्षको बीचमा जेल सजाय हुनसक्ने छ। युद्ध सुरु भएपछि धेरै अभियन्ताले देश छाडेका थिए। उनकी आमाले इमानोभलाई पनि देश बाहिर जाओस् भन्ने चाहेकी थिइन्। आमाको चाहनाको बाबजुद इमानोभ रुसमै बसे।

एमनेस्टी इन्टरनेसनलले इमानोभ आस्थाको बन्दी भएको जनाइसकेको छ। जेल भित्र दिइएको यातना पनि कठिन भएको कुरा उनले पत्रमा लेखेका छन्। रुसी सत्ताले आफ्नै नागरिकको यो विद्रोहको आगो रोक्न अनेक प्रपञ्च त नगरेको होइन। तथापि भुसको आगो झै युद्ध विरोधी अभियान सुषुप्त रूपमा रुसमा फैलँदो छ। स्रोत : बीबीसी

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ५९ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त