१३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा | Khabarhub Khabarhub

१३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ। म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ।

एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो। बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो।

अहिले पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन्। तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो। विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको श्रेष्ठले जानकारी दिए।

‘यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन्, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे। लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही बन्यो’, उनले भने। जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो। अहिले पुल जीर्ण छ। पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ।

पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ। जालीमा खिया लागेको छ। बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठका अनुसार प्राविधिकको सल्लाहअनुसार पुलको स्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गर्ने योजना छ। साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बुढापाका बताउँछन्।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ५० बजे

जेन-जी युवाहरूको एकता पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन-जेड युनाइटेडको माग

काठमाडौँ– ‘जेन–जेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल

बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने

काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धाममा पहिलोपटक

झापामा जङ्गली हात्तीको त्रास, बाली थन्क्याउन नपाएको गुनासो

झापा- भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर

जेनजी आन्दोलनमा प्रहरी हत्या आरोप लागेका भण्डारी जेल चलान

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रभागमा प्रहरीको हत्या गरेको

धान भित्र्याउने बेला वर्षाले समस्या

तानसेन (पाल्पा)- घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि यहाँका