गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु  | Khabarhub Khabarhub

गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा ट्र्याक्टर अनियन्त्रित भई भिरमा खस्दा चालक सिरान्चोक–४ छोप्राकका २७ वर्षीय विक्रम श्रेष्ठको मृत्यु भएको हो। गए राति साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-१६ उल्टापानीमा पनि गए राति नै ट्र्याक्टर दुर्घटना हुँदा चालक स्थानीय ४२ वर्षीय हरि प्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको हो। धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर गए राती साढे ९ बजे अनियन्त्रित भई नालामा पल्टिएको अस्थायी प्रहरी पोस्ट बेहडाबा कैलालीले जनाएको छ।

चितवनको भरतपुर महानगरपालीका-९ टिकौली जंगलमा भने ट्याङ्करसँग ठोक्किँदा स्कुटर चालक भरतपुर महानगरपालिका-९ का ६२ वर्षीय प्राण जवाराको मृत्यु भएको छ।

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको ट्याङ्कर र भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे ठोक्किँदा घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। ट्याङ्कर चालकलाई प्रहरी चौकी गोन्द्राङ चितवनले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : ३२ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको