गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु  « Khabarhub

गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा ट्र्याक्टर अनियन्त्रित भई भिरमा खस्दा चालक सिरान्चोक–४ छोप्राकका २७ वर्षीय विक्रम श्रेष्ठको मृत्यु भएको हो। गए राति साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-१६ उल्टापानीमा पनि गए राति नै ट्र्याक्टर दुर्घटना हुँदा चालक स्थानीय ४२ वर्षीय हरि प्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको हो। धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर गए राती साढे ९ बजे अनियन्त्रित भई नालामा पल्टिएको अस्थायी प्रहरी पोस्ट बेहडाबा कैलालीले जनाएको छ।

चितवनको भरतपुर महानगरपालीका-९ टिकौली जंगलमा भने ट्याङ्करसँग ठोक्किँदा स्कुटर चालक भरतपुर महानगरपालिका-९ का ६२ वर्षीय प्राण जवाराको मृत्यु भएको छ।

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको ट्याङ्कर र भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे ठोक्किँदा घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। ट्याङ्कर चालकलाई प्रहरी चौकी गोन्द्राङ चितवनले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : ३२ बजे

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री