काठमाडौँमा एकै दिन २ हजार ८४० जना सवारी चालक कारबाहीमा  « Khabarhub

काठमाडौँमा एकै दिन २ हजार ८४० जना सवारी चालक कारबाहीमा 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ८४० जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ८६ जना, रेड लाइटमा सवारी साधन चलाउने ६६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७५ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३६ जना सवारी चालक रहेका छन्।

यस्तै २ हजार ३३५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : ४० बजे

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आलोचना भएपछि ओलीले सच्याउन थाले नाम, कञ्चनपुरमा १ मा तारा लामा, बझाङमा ऐन महर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोमानीपूर्वक चयन गरिएको

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले