विदेशभन्दा भेडा पालनबाट बढी आम्दानी « Khabarhub

विदेशभन्दा भेडा पालनबाट बढी आम्दानी


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – जिल्लाको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थालेका छन्। चार वर्ष विदेश बसेर दुई वर्ष अगाडि घर फर्केका २७ वर्षीय गुरुङले स्वदेशमै भेडापालन गरेर विदेशमा भन्दा राम्रो कमाइ गर्न थालेका हुन्।

कोरोनाका कारण घर फर्केका गुरुङ अब के गरेर जीवन चलाउने भन्ने सोचमा थिए। त्यत्तिकैमा आफ्नो पुख्र्यौली पेशा रहेको तर हाल लोपोन्मुख हुँदै गएको भेडापालन गरेर पनि आम्दानी लिन सकिने सोच मनमा आयो। विदेशबाट आएपछि आफ्नै गाउँ–ठाउँमा केही गर्ने मनसाय लिएका गुरुङलाई स्थानीय संस्था देउराली सोसाइटीले जागरुक बनाउन मद्दत गर्‍यो।

अहिले भेडापालनबाट गुरुङले मासु र राडीपाखी बेचेर मनग्य आम्दानी गर्न थालेका छन्। एउटै थुमालाई २० हजारदेखि ३० हजार रुपैयाँसम्ममा बेच्ने गरेको गुरुङले सुनाए। खसी, बोका, बङ्गुरभन्दा पनि भेडा बढीमा बिक्री हुने उनी बताउँछन्। हाल गुरुङसँग ५० भन्दा बढी भेडा छन्।

गुरुङले घर नजिकै गोठ बनाएर अहिले भेडा पालन गरेका छन्। परिवारका आठ सदस्यको लालनपालन खर्च भेडापालनबाट हुने आम्दानीबाट चल्दै आएको उनले बताए। ‘घरखर्च कटाएर केही रकम बचत हुन्छ’, गुरुङले भने, ‘अन्य व्यवसायभन्दा बढी आम्दानी हुने गरेको छ।’ गुरुङले भेडापालनबाट वार्षिक रु तीन लाखको हाराहारीमा आम्दानी हुने गरेको जनाए।

देवी–देवतालाई बलि दिन र विभिन्न चाडपर्वमा खानका लागि भेडा किन्न ग्राहक गुरुङको घरमै आउने गरेका छन्। गाउँछेउकै जङ्गलमा प्रशस्त घाँसपात रहेकाले भेडापालन सहज भएको उनी बताउँछन्। ‘बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन्।’ आफ्नै गाउँठाउँमा मेहेनत गरे विदेशमा भन्दा राम्रो कमाइ हुने गुरुङ अरुलाई सुझाव दिन्छन्।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ०० बजे

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना

‘डन ३’ मा फर्किए शाहरुख खान

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ

बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका साढे ३ वर्ष नेतृत्व गरेर आइतबार मेयर

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि