राष्ट्रपतिविरुद्धको रिट सुनुवाइ सूचीको ३२औँ नम्बरमा « Khabarhub

राष्ट्रपतिविरुद्धको रिट सुनुवाइ सूचीको ३२औँ नम्बरमा


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण गर्न आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथि शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ।

न्यायाधीश डा. मनोज शर्माको इजलासमा पेसी तोकिएको छ। तर, राष्ट्रपति भण्डारीलाई विधेयक प्रमाणीकरण गराउन परमादेश-उत्प्रेषण आदेश माग गरिएको रिटको शुक्रबार हुने सुनुवाइ सूचीमा ३२औँ नम्बरमा राखिएको छ।

उक्त माग राखेर पाँचवटा रिट परेका छन्। अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा. सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिलकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश मागेका छन्।

३१ वटा रिटको सुनुवाइपछि पालो आउने भएकाले शुक्रबार नै सुनुवाइ हुनेमा शंका उत्पन्न भएको छ। संघीय संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो। तर, उनले नगरेपछि उक्त माग राखेर सर्वोच्चमा रिट परेका हुन्।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ५९ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित