प्रादेशिक अस्पतालको स्तरोन्नति गरिने  « Khabarhub

प्रादेशिक अस्पतालको स्तरोन्नति गरिने 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नंं १ सरकारले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रादेशिक अस्पतालको स्तरोन्नति गरी दुई सय शय्याको  पुर्‍याउने निर्णय गरेको छ । बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा असोज ५ गतेको निर्णय प्रचलित कानुनको दायराभित्र रही धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्वाइ वाक’का लागि आवश्यक जग्गा सट्टापट्टा गर्ने जिम्मेवारी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई अधिकार प्रत्यायोजन गरेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा प्रस्तुत प्रदेश खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा प्रस्तुत प्रदेशअन्तर्गतका १४ जिल्लाको प्रमुख उत्पादनको ‘ब्राण्डिङ’ गर्ने र प्रदेशको पर्यटन लोगो स्वीकृत गर्ने र पर्यटकीय गन्तव्यस्थल तोक्ने विषय मन्त्रिस्तरीय समितिको छलफलमा लैजाने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १ : १० बजे

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना

‘डन ३’ मा फर्किए शाहरुख खान

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ

बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका साढे ३ वर्ष नेतृत्व गरेर आइतबार मेयर

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि