बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन « Khabarhub

बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका साढे ३ वर्ष नेतृत्व गरेर आइतबार मेयर पदबाट राजीनामा दिएका बालेन्द्र साह धापासीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन् ।

दिउँसो १ बजे पुग्ने भनिएकोमा साढे ३ बजे मात्रै पुगेका उनी त्यहाँ १० मिनेट मात्रै बसेर बाहिरिए । रास्वपाले बनाइदिएको वरिष्ठ नेताको कार्यकक्षमा १० मिनेट बसेका उनी बोल्दै नबोली बाहिरिए ।

बालेनले सम्बोधन गर्ने आशमा सयौँ युट्युबर, पत्रकार र सर्वसाधारणको घण्टी घरमा ठूलो भिड लागेको थियो ।

तर घण्टी घरमा रवि लामिछानेसँग अंगालो हालेर रास्वपाको चुनाव चिह्न घण्टी बजाएका उनी त्यहाँ जम्मा भएकाहरूलाई कुनै सम्बोधन नगरी बाहिरिए ।

कुनै सम्बोधन नगरी समर्थकहरूलाई फ्लाइङ किस दिँदै घण्टी घरबाट उनी बाहिरिएपछि समाचार र भिडियो मसला मिल्ने आशमा पुगेकाहरू निराश हुन पुगेका छन् ।

घण्टीघरबाट बाहिरिएका बालेन अब लामिछानेसँगै केहीबेरमा जनकपुर पुग्दैछन् । जहाँ उनलाई मधेशको पुत्र भनेर प्रचार गरिनेछ । रास्वपा सभापति लामिछानेले आफ्ना लागि भोट तान्न कठिन देखिएको मधेशबाट बालेनलाई देखाएर मतदाता फकाउने योजना बनाएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : ५८ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी