राष्ट्रपतिको राजीनामा माग्दै जसपाद्वारा आन्दोलनको घोषणा « Khabarhub

राष्ट्रपतिको राजीनामा माग्दै जसपाद्वारा आन्दोलनको घोषणा


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ । 

संघीय संसद्का दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा बाँडिएका बेला जसपाले आन्दोलनको घोषणा गरेको हो । 

नागरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता  नागरिकताबाट वञ्चित हुनुपरेको भन्दै जसपा आन्दोलनमा उत्रिएको हो । आन्दोलनका कार्यक्रमअनुसार भोलि ८ असोजमा मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेको विषयमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायी र सञ्चारकर्मीसँग छलफल गर्नेछ । 

साथै ११ असोजमा जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्दै प्रदर्शन, १३ असोजमा पालिकास्तरमा अन्तरक्रिया गर्ने र १५, १६ र १७ असोजमा पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम रहेको जसपाले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १ : २२ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट