लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्यामा वृद्धि | Khabarhub Khabarhub

लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्यामा वृद्धि


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न आउने बढेका छन् ।छिमेकी देश चीनले कोरोना सङ्क्रमणका कारण देखाउँदै उत्तरी क्षेत्र हिल्साको सीमा नाका बन्द गरेकाले कैलाश मानसरोवरको दर्शन गर्न आउने विदेशी दर्शनार्थीले केही वर्षयता कैलाश मानसरोवरको नेपाली भूमि लाप्चाबाट दर्शन गर्दै आएका छन् ।

यस वर्ष भारतीय सन्त सदगुरु (जग्गी वासुदेव) सहित एक हजार ११ जना विदेशी धार्मिक पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन् । सदगुरुको समूहमा एक हजार दुई सय ११ जना विभिन्न देशका दर्शनार्थीले हुम्लाको लाप्चाबाट मानसरोवर दर्शन गरेर फर्किएका छन् । यसमा महिला छ सय ४१ जना र पुरुष पाँच ७० जना कैलाश मानसरोवरको दर्शनका लागि आएका सिमकोट विमानस्थल स्रोतले जनाएको छ । 

यस्तै भारतबाहेक बेल्जियम, अमेरिका, जर्मनलगायत १९ देशका १७ नागरिकले पनि लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गरेका छन् । यसका साथै करिब तीन सय आन्तरिक दर्शनार्थीले पनि लाप्चाबाट दर्शन गरेका छन् ।

चीनको तिब्बत क्षेत्रमा अवस्थित मानसरोवर कैलाश हिन्दु धर्मावलम्बीको पवित्रस्थल हो । मानसरोवर कैलाश पुग्न कठिन भएकाले पछिल्लो समय हुम्लाको लाप्चाबाट दर्शनगर्ने पर्यटकको सङ्ख्या बढेको छ । यस वर्ष मानसरोवर दर्शनका लागि आएका दर्शनार्थी लाप्चाबाट दर्शन गरेर फर्किएका होटल व्यवसायी विजय लामाले बताए ।

‘यस वर्ष मौसम राम्रो भएका कारण एक÷दुई समूहबाहेक अन्य सबै पर्यटक कैलाश दर्शन गर्न सफल भए’, व्यवसायी लामाले भने, ‘एक जना पर्यटकलाई भने श्वासप्रश्वासमा समस्या आएपछि ताक्चीबाटै फिर्ता हुनुपरेको थियो ।’

तीन सय आन्तरिक पर्यटक

मानसरोवर कैलाशको दर्शन गर्न आएने आन्तरिक पर्यटक भने लाप्चा पुगेर दर्शनगर्ने क्रम अझै चलिरहेको छ । तीन सयभन्दा बढी आन्तरिक पर्यटकले लाप्चाबाट दर्शन गरेको नाम्खा गाउँपालिका-६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए । 

उनले सद्गुरुले दुई वर्ष लगातार लाप्चाबाट दर्शन गरेपछि यसको महत्व बढेको बताए । यो वर्ष विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले पनि मानसरोवर कैलाशको दर्शन गर्न पुगेका छन् । सदरमुकामबाट सार्वजनिक सवारीमा एकदिन लाग्ने भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

ताक्चीबाट उठाइयो बास व्यवस्था

हुम्लाको ताक्चीमा पर्यटकका लागि बास व्यवस्थापन गर्दै आएका पर्यटन व्यवसायी फिर्ता भएका छन् । यसपटक धार्मिक पर्यटकको ठूलो समूहले दर्शन गरेर फर्किएपछि व्यवस्थापनमा खटिएका पर्यटन व्यवसायी पनि फर्किएका हुन् । ताक्चीमा पर्यटकको व्यवस्थापनका लागि खटिएका पर्यटन व्यवसायी सदरमुकाम सिमकोट फर्किएको वडाध्यक्ष तामाङले बताए । 

ताक्चीमा करिब एकसय पर्यटन व्यवसायी खटिएका थिए । ती व्यवसायी एक महिनाअघिदेखि ताक्चीमा बसेका थिए । लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकका लागि सुरुमा सिमकोट, लेकधिङ्गाताक्चीमा बासको व्यवस्था गरिएको भए पनि लेकधिङ्गामा व्यवस्थापन गर्न कठिन भएपछि सिमकोटस्थित रानीवनमा व्यवस्था गरिएको थियो । 

कैलाश मानसरोवरको दर्शनका लागि आउने पर्यटकका कारण यस क्षेत्रको आर्थिक गतिविधि बढेको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । यसबाट सवारीसाधन सञ्चालक र होटल व्यवसायी प्रत्यक्ष लाभान्वित भएका छन् । 

 


प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : २६ बजे

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ

जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ