जिल्ला अस्पतालमा अझै सुरु हुन सकेन डायलासिस सेवा « Khabarhub

जिल्ला अस्पतालमा अझै सुरु हुन सकेन डायलासिस सेवा


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा अझै सुरु हुन सकेको छैन । गत असारमा उपकरण जडान तथा परीक्षणको काम गरिए पनि सेवा सञ्चालनमा अझै अन्योल छ । सबै तयारी असारमा पूरा गरेता पनि बिमा बोर्डबाट निःशुल्क सूचीकृत गर्नुपर्ने भएकाले डायलासिस सेवा सुरु हुन नसकेको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए।

जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्नका लागि आवश्यक उपकरण जडान, प्राविधिक परीक्षणलगायत काम सकेर अनुगमनका लागि बिमा बोर्डलाई आग्रह गरिएको थियो तर अनुगमन र निःशुल्कमा सूचीकृत हुन नसक्दा सेवा प्रदान गर्न नसकिएको उनको भनाइ थियो । “आवश्यक उपकरण जडान, प्राविधिक परीक्षणजस्ता काम सकिएको छ, अब निःशुल्कमा सूचीकृत गरेर सेवा सुरु गर्ने तयारी हो”, सूचना अधिकारी सुवेदीले भने, “यसका लागि बिमा बोर्डले अनुगमन गर्नुपर्छ, अनुगमनको काम नहुँदा सञ्चालनको मिति धकलिएको छ ।”

उनले भने, “बिमा बोर्डले अनुगमन गरी निःशुल्कमा सूचीकृत गरेपछि मात्र सेवा सुरु गर्ने भनेका हौँ, अहिले पनि सेवा दिन नसकिने हैन, असारमा सबै तयारी पूरा भएको हो तर डायलासिसको सोधभर्ना हुने  हुँदा, सशुल्क सुरु किन गर्ने भनेर हो ।”

दुई महिना बितिसक्दा पनि सेवा सुरु गर्न नसक्दा सेवाग्राही भने मारमा परेका छन् । अन्यत्रबाट डायलासिस सेवा लिइरहेकाले जिल्लाबाट नै सेवा लिन सहज हुने भए पनि सेवा सुरु हुन नसक्दा सम्बद्ध बिरामी अन्य जिल्ला धाउनुपर्ने बाध्यता छ ।

यसैबीच उक्त अस्पतालमा सामाजिक सेवा इकाइसमेत स्थापना गर्न लागिएको छ । जिल्ला अस्पतालबाट प्रदान गरिने सेवामा विपन्न, ज्येष्ठ नागरिक, बेसहारा व्यक्तिलाई आंशिक छुट वा पूर्ण छुट के गर्न सकिन्छ भनेर यकिन गरी सहज रुपमा  उपचार सेवा प्रदान गर्न यस्तो इकाइ स्थापना गर्न लागिएको सूचना अधिकारी सुवेदीले बताए। यस्तो इकाइ नहुँदासमेत यस प्रकारका सेवा प्रदान गरिएकामा  इकाइ स्थापनापछि थप व्यवस्थित हुनाका साथै सेवा प्रदानमा सहजता मिल्ने उनले बताए ।

अस्पतालको मेसुमा डा. जितेन्द्र कँडेल 

मध्यबिन्दु जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. जितेन्द्र कँडेल नियुक्त भएका छन् । यसअघिका मेसु डा. वीरबहादुर थापाको सरुवा भएपछि केही समयदेखि यो पद रिक्त रहेकामा गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयले उनलाई मेसुमा नियुक्त गरेको हो । म्याग्दीस्थित बेनी अस्पतालबाट सरुवा भएर आएका डा कँडेल निमित्त मेसुका रुपमा कार्यरत  थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ०५ बजे

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस

आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा

काठमाडौं– सरकारले आठजना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको