सिरियाली जलक्षेत्रमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ६१ जनाको मृत्यु « Khabarhub

सिरियाली जलक्षेत्रमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ६१ जनाको मृत्यु


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेबनानबाट आप्रवासी लिएर आएको एउटा डुङ्गा सिरियाली जलक्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका ६१ जनाको ज्यान गएको छ ।

दुर्घटनामा ६१ जनाको ज्यान गएको र अरु केही घाइते भएको लेबनान सरकारलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

ज्यान जानेमा अधिकांश आप्रवासीहरु नै रहेको सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको सो डुङ्गा सिरियाली जलक्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उक्त डुङ्गामा एक सय २० देखि एक सय ५० जना जति आप्रवासी सवार रहेको र उक्त डुङ्गा साइप्रसका लागि हिँडेको बताएको छ ।

डुङ्गामा क्षमता भन्दा धेरै मानिसहरु चढेका कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर उक्त डुङ्गा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उद्धार गरिएका आप्रवासीहरुले जनाएका छन् । सो डुङ्गामा लेबनान, सिरिया र अरु अज्ञात मुलुकका नागरिकहरु पनि रहेका बताइएको छ ।

त्यस डुङ्गामा परेर हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ । खोजीका लागि हेलिकोप्टर र स्थानीय माझीलाई प्रयोग गरिएको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ३० बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप