खेलमा अनुशासित रूपमा प्रस्तुत हुन प्रधानसेनापतिको निर्देशन « Khabarhub

खेलमा अनुशासित रूपमा प्रस्तुत हुन प्रधानसेनापतिको निर्देशन


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मर्यादित र अनुशासित रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै क्लबलाई फेरि पनि टिम च्याम्पियन बनाउन शुभकामना पनि दिए।

पोखरामा यही असोज २८ देखि कार्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । उनले भने, “जुनसुकै प्रतिस्पर्धामा सहभागी हुँदा पनि सबैभन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात् गरौँ ।”

सेनाका प्रशिक्षक तथा खेलाडी नागरिक–सैनिक सम्बन्ध विस्तारका सेतु हुन् भन्दै उहाँले सबै खेलाडीलाई आसन्न खेलकुदमा पनि सङ्गठनको गरिमा अभिवृद्धि गर्नेतर्फ सचेत रहन सुझाव दिए ।

अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको थियो । सेनाले खेलकुदको विकासका लागि रु १० करोडको अक्षयकोष खडा गरी त्यसबाट प्राप्त व्याजबाट खेलाडीको क्षमता अभिवृद्धिमा खर्च गर्दै आएको छ । सो अवसरमा प्रतियोगिताको रनिङ ट्रफी प्रदर्शनी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : २२ बजे

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट

काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले