नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष « Khabarhub

नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अन्य समयमा भन्दा चाडपर्वको समयमा आपराधिक घटना बढ्ने, यात्रु ठगिने, नागरिक अलपत्र पर्ने जस्ता गतिविधि हुने गरेको छ ।

त्यस्ता गतिविधि रोक्न  जिल्लाको मुख्य व्यापारिक क्षेत्र बट्टार, ढुङ्गे, तारुकाघाट, ककनी, छहरे र खरानीटारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख रमेश पण्डितले जानकारी दिए ।

‘चाडपर्वको समयमा सार्वजनिक यातायातले तोकिएभन्दा बढी भाडा लिने गरेको, सामान हराएको, चोरीजस्ता गुनासो आइरहेको हुन्छ । यस्ता गतिविधिको बारेमा प्रहरीलाई जानकारी गराउँन सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको हो’, प्रहरी प्रमुख पण्डितले भने, ‘कुनै आपराधिक क्रियाकलाप, दुर्घटनाजस्ता गतिविधि भएमा यात्रु सहायता कक्षमार्फत तत्काल जानकारी लिएर प्रहरी परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

बट्टारमा स्थापना गरिएको यात्रु सहायता कक्षको स्थापना कार्यक्रममा विदुर नगरपालिकाका  प्रमुख राजन श्रेष्ठले जोखिममुक्त यातायात क्षेत्र बनाउनको लागि निरन्तररूपमा जिल्ला प्रशासन, प्रहरी, यातायात व्यवसायी, नागरिकलगायतलाई सहभागी गराई छलफल गर्दै आइरहेको बताए । 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : ५३ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय