अफगानिस्तान पठाइएको प्राविधिक टोलीमा कूटनीतिज्ञ पनि छन् : भारतीय विदेश मन्त्रालय « Khabarhub

अफगानिस्तान पठाइएको प्राविधिक टोलीमा कूटनीतिज्ञ पनि छन् : भारतीय विदेश मन्त्रालय


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तान पठाइएको प्राविधिक टोलीमा केही कूटनीतिज्ञहरु पनि रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको भारतीय दूतावासमा भारतले पठाएको प्राविधिक टोलीमा केही कूटनीतिज्ञहरु पनि रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जनाएका हुन् ।

‘काबुलमा रहेको हाम्रो प्राविधिक टोलीमा केही कूटनीतिज्ञहरु पनि छन् ।’ बागचीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ, ‘मानवीय सहायता हाम्रो मुख्य प्राथमिकता हो ।’

गत जुन महिनामा भारतले मानवीय सहायताबारे सरोकारवालाहरुसँग संयोजन गर्न भन्दै काबुलमा रहेको दूतावासमा प्राविधिक टोली पठाउने घोषणा गरेको थियो ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले प्राविधिक टोली पठाउने भारतीय कदमको स्वागत गरेको एएनआईले जनाएको छ ।

‘अफगान जनतासँगको सम्बन्धलाई निरन्तरता दिन र मानवीय सहायताका लागि काबुलस्थित दूतावासमा कूटनीतिज्ञ र प्राविधिक टोली पठाउने भारतीय कदमको अफगानिस्तानको इस्लामिक इमिरेट स्वागत गर्दछ ।’ तालिबानका प्रवक्ता अब्दुल कहर बाल्खीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ । तालिबानले आफ्नो सरकारलाई इस्लामिक इमिरेट अफगानिस्तान भन्ने गरेको छ ।

चरम मानवीय संकटमा फसेको अफगानिस्तानलाई सहयोग गर्न भारतले विभिन्न चरणमा गहुँ र अन्य मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : ५९ बजे

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र