अफगानिस्तान पठाइएको प्राविधिक टोलीमा कूटनीतिज्ञ पनि छन् : भारतीय विदेश मन्त्रालय « Khabarhub

अफगानिस्तान पठाइएको प्राविधिक टोलीमा कूटनीतिज्ञ पनि छन् : भारतीय विदेश मन्त्रालय


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तान पठाइएको प्राविधिक टोलीमा केही कूटनीतिज्ञहरु पनि रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको भारतीय दूतावासमा भारतले पठाएको प्राविधिक टोलीमा केही कूटनीतिज्ञहरु पनि रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जनाएका हुन् ।

‘काबुलमा रहेको हाम्रो प्राविधिक टोलीमा केही कूटनीतिज्ञहरु पनि छन् ।’ बागचीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ, ‘मानवीय सहायता हाम्रो मुख्य प्राथमिकता हो ।’

गत जुन महिनामा भारतले मानवीय सहायताबारे सरोकारवालाहरुसँग संयोजन गर्न भन्दै काबुलमा रहेको दूतावासमा प्राविधिक टोली पठाउने घोषणा गरेको थियो ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले प्राविधिक टोली पठाउने भारतीय कदमको स्वागत गरेको एएनआईले जनाएको छ ।

‘अफगान जनतासँगको सम्बन्धलाई निरन्तरता दिन र मानवीय सहायताका लागि काबुलस्थित दूतावासमा कूटनीतिज्ञ र प्राविधिक टोली पठाउने भारतीय कदमको अफगानिस्तानको इस्लामिक इमिरेट स्वागत गर्दछ ।’ तालिबानका प्रवक्ता अब्दुल कहर बाल्खीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ । तालिबानले आफ्नो सरकारलाई इस्लामिक इमिरेट अफगानिस्तान भन्ने गरेको छ ।

चरम मानवीय संकटमा फसेको अफगानिस्तानलाई सहयोग गर्न भारतले विभिन्न चरणमा गहुँ र अन्य मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : ५९ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर