राजविराजको सडक अतिक्रमण हटाइँदै « Khabarhub

राजविराजको सडक अतिक्रमण हटाइँदै


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सप्तरी– राजविराज नगरपालिकाको मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु राजविराज नगरपालिकाले शुक्रबारदेखि सुरु गरेको छ ।

सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गरेपछि नगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो । सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई आवतजावतमा समस्या भएपछि नगरपालिकाले अभियान सुरु गरेको नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले बताइन् । उनले भनिन्, जथाभावी रूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन सुरु गरेका हौ ।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन नगरपालिकाले एक महिना देखि सार्वजनिक सूचना जारी गरी माइकिङ समेत गरे पनि अटेर गरेपछि हटाउन सुरु गरिएको हो । फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन स्थानीय युवाले सहयोग गरेका छन् । पैदलयात्रीले सहजरूपमा फुटपाथमा आवतजावत गर्न पाउन् भनेर फुटपाथ हटाउने अभियान सुरु गरेको उनको भनाई रहेको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : २४ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल