राजविराजको सडक अतिक्रमण हटाइँदै « Khabarhub

राजविराजको सडक अतिक्रमण हटाइँदै


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सप्तरी– राजविराज नगरपालिकाको मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु राजविराज नगरपालिकाले शुक्रबारदेखि सुरु गरेको छ ।

सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गरेपछि नगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो । सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई आवतजावतमा समस्या भएपछि नगरपालिकाले अभियान सुरु गरेको नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले बताइन् । उनले भनिन्, जथाभावी रूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन सुरु गरेका हौ ।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन नगरपालिकाले एक महिना देखि सार्वजनिक सूचना जारी गरी माइकिङ समेत गरे पनि अटेर गरेपछि हटाउन सुरु गरिएको हो । फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन स्थानीय युवाले सहयोग गरेका छन् । पैदलयात्रीले सहजरूपमा फुटपाथमा आवतजावत गर्न पाउन् भनेर फुटपाथ हटाउने अभियान सुरु गरेको उनको भनाई रहेको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : २४ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर