समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्त्वपूर्ण योगदान : सञ्चारमन्त्री « Khabarhub

समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्त्वपूर्ण योगदान : सञ्चारमन्त्री


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण गर्दै मन्त्री कार्कीले समाज रूपान्तरणमा प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहेको र समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्त्वपूर्ण योगदान रहेको बताएका हुन् ।

हरेक नागरिकले संविधानमा उल्लेख पूर्ण अधिकार प्रयोग गर्नका लागि सरकार सचेत रहेको उनको भनाइ छ । उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि सञ्चारजगतले खेलेको भुमिकाको स्मरण गरे।

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आफ्ना दिवंगत सहकर्मीद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट जोखिमयुक्त र साहसिक पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई २०६३ सालदेखि वर्षेनी पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ५७ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज