आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई निर्देशन « Khabarhub

आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई निर्देशन


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि पूर्वसहमति बिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको जानकारी दिए । आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । 

आयोगले यही असोज ११ गतेदेखि लागू हुने गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। आयोगले न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ४७ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर