बैंकर शेरचनको अध्यक्षतामा नेपाल-रसिया चेम्बरको नयाँ कार्यसमिति चयन « Khabarhub

बैंकर शेरचनको अध्यक्षतामा नेपाल-रसिया चेम्बरको नयाँ कार्यसमिति चयन


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। शुक्रबार राजधानीमा सम्पन्न साधारणसभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा चयन भएका छन्। महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएको संघले जनाएको छ। यस्तै, संघको कार्यकारिणी समिति सदस्यहरूमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दीपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ चयन भए। 

कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रूपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन्। 

संघका नवनिर्वाचित अध्यक्ष शेरचनले विगतमा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीले तत्कालीन सोभियत संघमा छात्रवृत्तिमा अध्ययन गरेका कारण नागरिक स्तरमै सम्बन्ध विस्तार भइसकेको स्मरण गर्दै नेपाल-रसिया चेम्बरका माध्यमले यसलाई नयाँ आयाम दिन फुहरर लागिपर्ने बताए। नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा दौत्य सम्बन्ध स्थापित भएको हो।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ०४ बजे

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

गण्डकी– पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज

डोनाल्ड ट्रम्पले दक्षिण एसियालाई ठूलो विपत्तिबाट जोगाए : प्रधानमन्त्री शरीफ

काठमाडौं– भारतको सन्दर्भ जोड्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ‘ट्रम्पले दक्षिण

मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ, स्थानीय त्रसित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–५  गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय

बंगलादेशमा नयाँ सरकारमाथि प्रश्न, तारिक रहमानको आलोचना

काठमाडौं- तारिक रहमानले प्रधानमन्त्री पदको शपथ लिएको तीन दिनमै देशको