पोखरालाई ढोरपाटनसँग जोड्न साइकल यात्रा | Khabarhub Khabarhub

पोखरालाई ढोरपाटनसँग जोड्न साइकल यात्रा


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

गलकोट– पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि पर्यटन अभियन्ता तथा सगरमाथा आरोही कृष्ण केसीले छ दिने साइकल यात्रा थालेका छन् । पर्यटन प्रवर्द्धन गर्दै पोखराका पर्यटनलाई ढोरपाटन ल्याउनका लागि उनले बिहीबार पोखराबाट साइकल यात्रा थालेका हुन् । विभिन्न समयमा पर्यटन प्रर्वद्धनात्मक अभियान चलाउँदै आएका कृष्ण केसी गृह जिल्ला बागलुङको प्रर्वद्धनका लागि साइकल यात्रा गरेको बताए । 

विश्व पर्यटन दिवसको अवसरमा छ दिने साइकल यात्रा थालेका हुन् । साइकल यात्राको दोस्रो दिन शुक्रबार बागलुङ बजार आएका केसी म्याग्दी हुँदै ढोरपाटन पुग्ने योजना रहेको बताए । धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको प्रचारका लागि आफ्नो साइकल यात्रा सांकेतिक भएको साइकल यात्री तथा पर्यटन अभियन्ता कृष्ण केसीले बताए । 

केसीलाई शुक्रबार बिहान बागलुङ कालिका मन्दिर परिसरमा बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङ र कालिका भगवती गुठी व्यवस्थापन समितिले स्वागतसमेत गरेका छन् । बागलुङमा जन्मिएका केसीले पर्यटन अभियानलाई निरन्तररूपमा प्रवर्द्धन गर्दै आएका छन् ।

‘धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको छोटो रूप ‘धौनिढोका’को प्रचारप्रसारका लागि एकल साइकल यात्रा हो यो, यात्राका क्रममा साहसिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित कुस्मा र बलेवा जोड्ने बञ्जी पुल, अन्य झोलुङ्गे पुलको यात्रा पछि अहिले बागलुङ आएको छु’, केसीले भने, ‘११ गते विश्व पर्यटन दिवसको दिन ढोरपाटन पुग्ने गरी म्याग्दी बजार, तातोपानी कुण्ड हुँदै बागलुङको तमानखोला गाउँपालिकादेखि ढोरपाटन पुग्ने योजना छ ।’ 

पर्यटन प्रवर्द्धनका लागि एक्लै यात्रा गरेर सांकेतिकरुपमा सन्देश दिन खोजेको बताउँदै निर्वाचनपछि पोखराका पर्यटन व्यवसायीलाई ढोरपाटन उतार्ने योजना रहेको बताए । साइकल यात्राका क्रममा पर्वत, बागलुङ र म्याग्दीका पर्यटन व्यवसायी, उद्योग वाणिज्य सङ्घ तथा पर्यटन प्रवर्द्धन अभियान्तासँग भेटघाट गर्दै हिड्ने कार्यक्रम रहेको छ । 

जनयुद्धका विषयमा किताबसमेत लेख्दै आएका केसीले लोलुफेरा प्रवर्द्धनमा ठूलो भूमिका निभाई सकेका छन् । नेपालका ७७ जिल्ला भ्रमण गरिसक्नुभएका केसीले बागलुङको ढोरपाटनमा पर्यटन ल्याउनका लागि विभिन्न योजना ल्याउँदै आएका छन् । विश्व पर्यटन दिवसको अवसरमा ११ गते ढोरपाटनमा घोडा जात्राको आयोजना गरेको बताए । 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : २९ बजे

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४