निःशुल्क आँखा शिविर : मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ बिरामीको पहिचान « Khabarhub

निःशुल्क आँखा शिविर : मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ बिरामीको पहिचान


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ जना बिरामीको पहिचान गरिएको छ । 

हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा नेपाल नेत्र ज्योति संघ, खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समिति हलेसीको आयोजनामा शुक्रबार सञ्चालित शिविरमा ११४ जनाको आँखाको जाँच हुँदा ११ जनाको मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने पत्ता लागेको हो । 

शिविरमा आएका ८६ जनालाई निःशुल्क चस्मा र १५ जनालाई औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ, खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए । मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीका लागि आगामी असोज २८ गतेदेखि असोज २९ गतेसम्म हलेसीमै निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिने नेपाल नेत्र ज्योति संघले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ४६ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल