एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई ओलीकाे निर्देशन « Khabarhub

एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई ओलीकाे निर्देशन


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंमा युवा संघ नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा एमालेसँग पराजय हुने डरले गठबन्धनले एमालेप्रति भ्रम सिर्जना गर्न खोजेको भन्दै एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले अहिले गठबन्धन सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसको विरुद्ध लड्न आफू तयार रहेको बताए । उनले लोकतन्त्रको पक्षमा लड्न नथाक्ने स्पष्ट पारे । उनले एमालेप्रति बिभिन्न माध्यमबाट अझै हमला हुन सक्ने भन्दै सचेत रहन समेत आग्रह गरे ।

ओलीले अहिले गठबन्धनले अर्थतन्त्रको पाङ्ग्रा फुस्काएर सत्तालाई मिलिजुली खाने माध्यम बनाएको धारणा राखे । चुनावपछि बन्ने एमालेको सरकारले ग्यारेन्टीका साथ मुलुकको विकास गर्ने अठोट व्यक्त गरे ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ५६ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन