एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई ओलीकाे निर्देशन « Khabarhub

एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई ओलीकाे निर्देशन


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंमा युवा संघ नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा एमालेसँग पराजय हुने डरले गठबन्धनले एमालेप्रति भ्रम सिर्जना गर्न खोजेको भन्दै एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले अहिले गठबन्धन सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसको विरुद्ध लड्न आफू तयार रहेको बताए । उनले लोकतन्त्रको पक्षमा लड्न नथाक्ने स्पष्ट पारे । उनले एमालेप्रति बिभिन्न माध्यमबाट अझै हमला हुन सक्ने भन्दै सचेत रहन समेत आग्रह गरे ।

ओलीले अहिले गठबन्धनले अर्थतन्त्रको पाङ्ग्रा फुस्काएर सत्तालाई मिलिजुली खाने माध्यम बनाएको धारणा राखे । चुनावपछि बन्ने एमालेको सरकारले ग्यारेन्टीका साथ मुलुकको विकास गर्ने अठोट व्यक्त गरे ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ५६ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट