साझा कर्मचारी सङ्गठन बनाउन आग्रह « Khabarhub

साझा कर्मचारी सङ्गठन बनाउन आग्रह


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा संङ्गठन बनाउन आग्रह गरेकी छिन् ।

नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औँ एकता अधिवेशन कार्यक्रममा उनले फरकफरक सङ्गठनभन्दा एउटै सङ्गठन बनाएर कर्मचारीको हकहितमा लाग्न सुझाव दिइन् । ‘आधिकारिक ढङ्गले सबै मिलेर एउटा युनियन बनाउनुहोस्’, उनले भनिन् ।

आफू लामो समयदेखि राजनीतिमा संलग्न रहेको दृष्टान्त पेश गर्दै मन्त्री भुसालले कर्मचारीले कार्यालय समयमा राजनीति गर्न नहुने बताइन्।

उनले प्राधिकरणको विकास तथा जनतालाई राहत र सुविधा दिने विषयमा ध्यान दिन कर्मचारीसँग आग्रह गरिन् । ‘प्राधिकरणमा क्रियाशील पाँच वटा कर्मचारी युनियनलाई एक बनाउनुहोस्, सकेसम्म साझा हितमा लाग्नुहोस्’, उनले भनिन् ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : १३ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर