बैंकर शेरचनको अध्यक्षतामा नेपाल रसिया चेम्बरको नयाँ कार्यसमिति « Khabarhub

बैंकर शेरचनको अध्यक्षतामा नेपाल रसिया चेम्बरको नयाँ कार्यसमिति


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न साधारणसभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन् ।

महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएको संघले जनाएको छ ।

यस्तै, संघको कार्यकारिणी समिति सदस्यहरूमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा। विजय थापा, डा. मणिराम पोख्रेल, डा। उन्नत श्रेष्ठ निर्वाचित भए ।

कार्यकारिणी समितिका अन्य सदस्यहरूमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष शेरचनले विगतमा ठूलो संख्यामा नेपाली विद्यार्थीले तत्कालीन सोभियत संघमा छात्रवृत्तिमा अध्ययन गरेका कारण नागरिक स्तरमै सम्बन्ध विस्तार भइसकेको स्मरण गर्दै नेपाल रसिया चेम्बरका माध्यमले यसलाई नयाँ आयाम दिन आफूहरू लागिपर्ने बताए ।

नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा दौत्य सम्बन्ध स्थापित भएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ०२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको