मोटोपन र भार पर्ने कामले घुँडा खिइने गर्छ | Khabarhub Khabarhub

मोटोपन र भार पर्ने कामले घुँडा खिइने गर्छ

‘व्यापाम गर्ने, धेरै हिड्ने र फिजियो थेरापीले घुँडाको समस्या हल हुन्छ’



पछिल्लो समय मानिसहरुमा घुँडा दुख्ने समस्या बढ्दो छ । उमेर बढेसँगै काम र जीवनशैली नमिल्दा घुँडा दुख्ने र खिइने समस्या बढिरहेको हो । यसले विस्तारै मानिसहरुमा गम्भीर समस्या पनि निम्त्याइरहेको छ । घुँडा दुख्ने समस्या, उपचार र दीर्घकालीन असरबारेमा मेडिसिटी अस्पतालमा कार्यरत अर्थापेडिक सर्जन डा. दमनकुमार झासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

घुँडा दुख्ने समस्यालाई हामीले कसरी बुझ्ने ?
यो उमेर अनुसार फरक फरक हुन्छ । युवा अवस्थामा चोट पटक लागेर हुन्छ । उमेर बढ्दै जाँदा हड्डी खिइँदै गएर दुख्छ ।

यो काम गर्दै जाँदा खिइँदै जाने हो ?
उमेर बढ्दै जाँदा शरीरको हरेक अंग खिइँदै जाने हुन्छ । त्यसमा कुन जोर्नीले कसरी काम गरेको छ भन्ने कुरा हो । हातको कुरामा हातले तौल धेरै थेग्दैन । त्यसैले छिटो खिइँदैन, तर तल्लो भागको जोर्नीहरू जस्तो हिपको, निको यिनीहरू उमेर अनुसारले खिइँदै जान्छ । र, घुँडामा धेरै खिइने गर्दछ ।

यो महिला र पुरुषको मा बढी हुन्छ ?
महिलाहरूमा यो पुरुषको तुलनामा बढी हुने गरेको छ । हर्मनको कारणले पनि यस्तो हुन्छ । तर पुरुषमा पनि हुन्छ ।

यो समस्यामा कुन अवस्थासम्म घरमा नै बस्ने र कुन अवस्थामा अस्पतालमा नै जाने त ?
यो समस्या प्रायः सबैको घरमा कसै न कसैलाई हुन्छ । कसैमा लक्षण देखिन्छ, कसैमा देखिँदैन, तर यो सबैमा हुन्छ । कसैलाई धेरै दुख्ला कसैलाई थोरै । त्यसैले जाँच गर्नु पर्दछ । मात्र के कारणले भएको भन्ने थाहा हुन्छ । घुँडाको वरिपरि लिगामेन्ट, मिनिस्कस हुन्छ । यी कारणले पनि घुँडा दुखेको हुन्छ, त्यसैले पहिला घुँडा खिएर नै दुखेको हो कि हैन थाहा पाउनु पर्याे । यदि घुँडा खिएर नै दुखेको हो । बिरामी चाडै सुरुवातमा नै अस्पतालमा आउनु भयो भने केही दिनलाई औषधि खाएर फिँजियो थेरापी गरेर निको पार्न सकिन्छ । ५० वर्षको मान्छेमा पनि कसैलाई घुँडा खिइने समस्या हुन्छ । तर, कसैमा हुँदैन । किनभने आफ्नो जीवनशैलीले पनि फरक पर्दछ । कसैले दिन भरी उभिएर काम गर्नु पर्ने वा घुँडामा लोड पर्ने जे काम गरे पनि घुँडा खिइने समस्या हुन्छ ।

कस्तो काम गर्दा वा कस्तो लापरवाही गर्दा घुँडा बढी खिइने गर्छ ?
मोटोपनले पनि चाँडो घुँडा खिइन्छ । कोही व्यक्तिको ६० केजी तौल छ भने त्यो घुँडाले दैनिक ६० केजी तौल बोकेको हुन्छ । मोटोपनको लागि ४० कट्नु नै पर्दैन त्यसैले मोटोपन नियन्त्रण गर्नु पर्दछ । दैनिक रुपमा व्यायाम गर्नु पर्दछ, यदि घुँडा खिएर डाइग्नोसिस् भइसक्यो भने फिँजियो थेरापी गर्नु पर्याे । धेरै उकालो ओरालो गर्ने काम कम गर्ने वा धेरै घुँडालाई लोड हुने काम गर्नु भएन ।

कतिपय मान्छेहरूको काम गर्नै पर्ने हुन्छ यस्तो अवस्थामा के गर्ने ?
काम नै नगर्ने भन्ने हुँदैन तर घुँडालाई लोड काम जति सक्दो चाँडो कम गर्ने, धेरै मान्छेहरू फिँजियो थेरापी गर्ने र निको भए पनि व्यायाम गर्न नै छोड्नु हुन्छ । पछि फेरी बल्झिन्छ र फिँजियो थेरापी दैनिक गरियो भने धेरै केशहरू अप्रेसन नगरी उपचार गर्न सकिन्छ ।

फिँजियो थेरापी गर्न थालेपछि जीवनभर गर्नु पर्ने हो ?
गर्दा राम्रो हुन्छ । किनभने यो खिइने भनेको बोनमा नै परिवर्तन आउने हो । त्यसैले एक महिना दुई महिना फिँजियो थेरापी गर्याे भने यो हड्डीमा भएको समस्या त्यहाँबाट बाहिर गएको हैन त्यही छ दुखाई मात्र कम हुने हो । यो सुरुमा ३ पटक गर्नु पर्दछ । पछि घटाउँदै जाँदा हुन्छ । यो एक पटक सिक्ने र सधैँ गर्ने हो यो घरमा जहाँ पनि गर्न सकिन्छ । सजिलो छ । सबै भन्दा राम्रो व्यायाम भनेको पौडिनु हो । तर यो दैनिक रूपमा सम्भव हुँदैन । साइलिङ गर्दा पनि धेरै फाइदा गर्दछ । बाटेमा साइकल चलाउने गर्नुपर्छ ।

घुँडा खिएर वास्ता गरेन भने पछि कस्तो जोखिम आउन सक्छ ?
घुँडा खिएकोदेखि सक्यो भने पछि गएर अप्रेसन नै गर्नु पर्दछ । अप्रेसन गर्ने तर बिरामीले आफ्नो तौल मिलाउनु भएन मोटोपन घटाउनु भएन भने घुँडा अप्रेसन गरेर पनि कुनै फाइदा छैन । त्यसैले घुँडा जे काम गर्दा दुख्छ त्यो काम नगर्ने । अप्रेसन गरेर पनि फिँजियो थेरापी गर्नु पर्दछ । कहिले काँहि बिरामीले अप्रेसन गर्न मानेन भने डिपो मेडोल भन्ने इन्जेक्सन लगाउँछौँ । त्यसले दुखाई कम गर्नको लागि मात्र लगाउने हो । त्यसको कुनै घुँडा खिएको निको पार्ने हैन ।

कुन अवस्था सम्म औषधि र इन्जेक्सनले काम गर्दछ ?
घुँडा खिइने समस्यालाई हामीले ४ स्टेजमा राख्छौँ । एउटा मा एक्स–रेमा खासै हड्डी खिएको देखिदैन तर सबै लक्षण जोर्नी खिएको देखिन्छ । अर्को, एक्स–रेमा अलिअलि खिएको हुन्छ र लक्ष्ण पनि अलिअलि देखिन्छ । त्यो स्टेजमा नै बिरामीले उपचार गरेर मोटोपन र तौलमा ध्यान दिनु हुन्छ भने सजिलै निको हुन्छ । तेस्रो र चौथो स्टेजमा मान्छे हिड्दा नै खुट्टा दुख्न थाल्यो भने अप्रेसन नै गर्नु पर्दछ ।

कुनै पनि समस्या नआओस् भनेर के-के कुरामा ध्यान दिने त ?
आफ्नो जीवनशैलीमा सुधार गर्नु पर्दछ । आफ्नो शरीरले के भन्छ त्यही गर्नु पर्दछ कुनै काम गर्दा अप्ठ्यारो भयो भने त्यो काम छोड्नु पर्दछ ।  फिँजियो थेरापी गर्नु पछ। दैनिक रूपमा घुँडा दुख्यो भने ब्रेसहरु लगाउन सकिन्छ । यति गर्दा पनि भएन भने अप्रेसन गर्नु पर्दछ । अप्रेसन गर्ने बित्तिकै सबै काम गर्न सक्नु हुन्न, त्यसैले पहिला नै केयर गरौँ ।

राम्रोसँग केयर गर्याे भने अप्रेसन कतिसम्म जान सक्छ ?
अप्रेसन गर्दा हामीले इम्प्लान राख्छौँ । त्यो इम्प्लान कम्पनी अनुसार फरक पर्न जान्छ । लगभग १५ देखि २० वर्ष जान्छ । त्यसैले जोर्नी फेर्नु भयो । भनेको कुरा फलो गरेन भने ५ वर्ष पनि नटिक्न सक्छ ।

यो जोर्नी नै फेर्नको लागि कति खर्च लाग्छ ?
यसको उपचार अस्पतालको बेड चार्ज अनुसार फरक हुन्छ ।

घुँडाको समस्या भएको मानिसलाई के भन्न चाहनुहुन्छ ?
घुँडाको समस्या हरेकमा हुन्छ । त्यसैले यो उमेर अनुसार फरक हुन्छ । त्यसैले यसलाई समयमा नै बचाउन फिजिकल थेरापी गर्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : १५ बजे

देशभर मनुसनी वर्षा, यी स्थानमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

खोलाले बगाएर दुइजना बेपत्ता

झापा– लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं– आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार सन्

आज २०८१ साल असोज १२ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १२ गते शनिबार तदनुसार सन्

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

बोस्टन– प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा