पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन « Khabarhub

पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन – समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ। मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षकसमेत रहेकी श्रेष्ठको गएराति उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो।

उनको जन्म विस १९८७ असोजको फूलपातीका दिन तनहुँको बन्दीपुरमा भएको थियो।

मैयादेवी श्रेष्ठको जीवनी
विरगञ्जमा डिठ्ठा रहेका बुवा वीरबहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किइन्,

– नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कुललाई १० कठ्ठा जग्गा दान, दार्जलिङ्गदेखि शिक्षक वोलाएर पठन पाठन सुरु गराइन्। अहिले यो स्कुलमा कक्षा १२ सम्मको पढाइ हुन्छ,

– भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च। सामुदायको व्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ,

– २०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद बनिन्,

– काग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान,

– चितवन कांग्रेसका लागि नारायणगढको मुटुमै भवन दान,
– गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान,

– नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान,

– प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि जग्गा दान,

– पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई जग्गा दान,

उनको नाममा रहेको सम्पत्ति उनकै नाममा ट्रष्ट बनाएर राखिने भएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : ३१ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित