‘काठमाडौँको खानेपानी, फोहोर र ट्राफिक समस्या समाधान गर्छु’ « Khabarhub

‘काठमाडौँको खानेपानी, फोहोर र ट्राफिक समस्या समाधान गर्छु’


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलो दाहित्व भएको बताएका छन् ।

काठमाडौँमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले देशमा व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण गर्ने आफ्नो पहिलो दायित्व रहेको जनाए ।

‘प्रशासनिक प्रक्रियामा झन्झटिलो छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो’, उनले भने ।

राजनीति अस्थिरताका कारण देशको समस्या जहाँको त्यहीँ रहेकाले राजनीतिक स्थायित्वले मात्र सुशासन र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने नेता सिंहको बुझाइ छ।

काठमाडौँमा देखिएको खानेपानी, फोहोर व्यवस्थापन र ट्राफिक जामलगायतका न्यूनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू फेरि जनतामाझ आएको सुनाए।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १२ : ४० बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६