२५ लाखभन्दा बढी नाइजेरियालीलाई मानवीय सहायताको खाँचो : युनिसेफ « Khabarhub

२५ लाखभन्दा बढी नाइजेरियालीलाई मानवीय सहायताको खाँचो : युनिसेफ


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ ।

प्रभावितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ ।

बाढीका कारण देशका ३६ राज्यमध्ये ३४ राज्य प्रभावित भएका छन् भने १३ लाख मानिस विस्थापित भएका छन् ।

बाढीका कारण ६ सय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने २ लाखभन्दा बढी घरहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । युनिसेफका अनुसार झाडापखाला र पानीजन्य रोग, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण र छालासम्बन्धी रोगका घटना बढ्दै गएका छन् ।

उत्तरपूर्वी राज्यहरू बोर्नो, अदामावा र योबेमा मात्र अक्टोबर १२ सम्ममा हैजाका सात हजार ४८५ विरामीहरू भेटिएका र ३१९ जनाको मृत्यु भएको थियो । केही हप्तासम्म वर्षा जारी रहने भएकाले मानवीय आवश्यकता पनि बढ्ने अनुमान गरिएको छ ।

नाइजेरियाका लागि युनिसेफका प्रतिनिधि क्रिस्टियन मुन्डुएटले भने, “बाढी प्रभावित क्षेत्रका बालबालिका र किशोरकिशोरीहरू अत्यन्तै जोखिममा छन् ।”

उनीहरू विशेष गरी पानीबाट हुने रोग र भावनात्मक र मनोवैज्ञानिक सङ्कटको जोखिममा रहेको जनाइएको छ । युनिसेफले सरकार र अन्य साझेदारहरूसँग मिलेर अति आवश्यक परेकाहरूलाई जीवन रक्षक सहायता प्रदान गर्न काम गरिरहेको जनाएको छ । बाढीले देशमा पहिलेदेखि नै अनिश्चित मानवीय स्थितिमा जटिलताको अर्को तह थपिरहेको छ ।

बालबालिकाका लागि तत्काल प्राथमिकताका आवश्यकताहरूमा आश्रय र भोजनसहित स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छता समावेश छन् ।

बढ्दो आवश्यकतालाई सम्बोधन गर्न र जारी मानवीय हस्तक्षेपलाई निरन्तरता दिन, अपाङ्गता भएका बालबालिकालगायत अति जोखिममा रहेका व्यक्तिहरूलाई ध्यान केन्द्रित गर्न थप कोष र स्रोतहरूको आवश्यकता पर्दछ ।

युनिसेफको चिल्ड्रेन क्लाइमेट रिस्क इन्डेक्स (सीसीआरआई) का अनुसार नाइजेरिया जलवायु परिवर्तनको प्रभावको ‘अति उच्च जोखिममा’ रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले ‘अति उच्च जोखिम’ भएका मुलुकका बालबालिकाले पानी, सरसफाइ, स्वास्थ्य सेवा र शिक्षाजस्ता अपर्याप्त आवश्यक सेवाका कारण जलवायु र वातावरणीय समस्याका साथै उच्चस्तरको अन्तर्निहित बाल जोखिमको घातक संयोजनको सामना गर्नुपरेको जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : १२ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा