नवौँ राष्ट्रिय खेलकुद : खेलाडीका लागि अवसर र सिकाइ « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : खेलाडीका लागि अवसर र सिकाइ


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली प्रदेशको पुरुष हक्की टोलीका लागि नवौंँ राष्ट्रिय खेलकुद अवसर र सिकाइका लागि राम्रो माध्यम बन्यो । हुम्लाको सिमिकोट–५ का युवा मिलेर बनाएको टोलीले पछिल्ला केही वर्ष प्रतियोगिता खेल्न पाएको थिएन् । नवौँमा एउटै वडाबाट सिङ्गो कर्णाली प्रदेशको प्रतिनिधित्व गरेर आएको टोली सेमिफाइनलसम्म पुग्यो ।

पोखरामा गत असोज २८ देखि यही कात्तिक ३ गतेसम्म भएको राष्ट्रिय खेलकुदले टोलीका लागि राम्रो अवसर प्रदान गरेको कप्तान रामजन रावतले बताए । “हुम्लाबाट कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सोच थियो, तर टोली कस्तो बनेको छ भन्ने थाहा थिएन्,” उनले भने, “पोखरा आएर खेलेपछि हामी पनि सक्षम छौंँ भन्ने थाहा भयो ।” कर्णालीको पुरुष हक्की टोली जस्तै धेरैले कोरोनापछि खेल्ने मौका पाए ।

व्यवस्थापकीय कमजोरी हुँदाहुँदै राष्ट्रिय खेलकुदमा थुप्रै कीर्तिमान बने । पौडीकी डुवाना लामा, एथ्लेटिक्सकी जयरानी थारू र शिवराज पार्की, जिम्न्यास्टिकका राजु राई, भारोत्तोलनकी तारादेवी पुन, उसुकी एलिना चौधरी र सुस्मिता तामाङ, स्क्वासका अमृत थापा मगरलगायत खेलाडी चम्किए । नवौँं राष्ट्रिय खेलकुदले अन्तर्राष्ट्रिय स्पर्धामा गतिलो परिणाम दिन सक्ने खेलाडी जन्माएको छ ।

पौडीकी गौरिका सिंह नवौँंमा आफ्ना प्रतिस्पर्धी खेलाडी बढेको बताउँछिन् । पौडीमा नेपाली खेलाडीको रुचि बढिरहेको अवस्थामा प्रतियोगिता आयोजना भएकामा उनी खुसी छिन् । यसले पौडीमा धेरै खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाएको उनको भनाइ थियो ।

“डुवाना, एलेक्स, नासिर सबैले राम्रो खेलिरहनुभएको छ,” उनले भनिन्, “यसरी नै प्रतियोगिता भइरहेमा एसियाली तथा ओलम्पिक प्रतियोगितामा पनि पदक जित्न सहज हुन्छ ।”

पोखरामा राष्ट्रिय खेलकुद हुँदा पोखरावासी अन्तरआत्मादेखि नै खुसी भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यको भनाइ छ । “सानातिना कमजोरी जहाँ पनि हुन्छन्,” उनले भने, “काम गर्दा नै कमजोरी हुने हो । ठूलै गल्ती केही भएन भन्नुपर्छ । अब कर्णालीमा हुने राष्ट्रिय खेलकुदका लागि यो एउटा सिकाइ हो ।”

गुनासा, चुनौती र सीमितताका बाबजुद राष्ट्रिय खेलकुदले गण्डकी प्रदेशका जनतालाई खुसी बाँड्न सफल भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य सचिव तेजबहादुर गुरुङले बताए ।

विसं २०३८ देखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विभागीय टोली बाहेक प्रदेशमध्ये पहिलो पटक हामी पहिलो हुन सफल भएका छौंँ,” उनले भने, “गण्डकीले इतिहास बनाएको छ ।”

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्यसहित च्याम्पियन बन्यो । सशस्त्र प्रहरी बलको एपिएफ क्लब ६५ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब ६१ स्वर्ण जित्दै तेस्रो बन्यो । चौथा बनेको घरेलु टोली गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित एक सय २० पदक हात पा¥यो ।

प्रतियोगितामा बागमती प्रदेश पाँचौँ, प्रदेश १ छैटौँं, सुदूरपश्चिम सातौँं, एनआरएनए आठौंँ, लुम्बिनी प्रदेश नवौँं, मधेश प्रदेश दशौँं र कर्णाली प्रदेश एघारौँं स्थानमा रहे ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : २५ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा