तनहुँको भीमाद नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण « Khabarhub

तनहुँको भीमाद नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँ जिल्लाको भीमाद नगरपालिका कार्यालयले अभियानकै रुपमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत ४३ वटा विद्यालयमा कम्प्युटर वितरण गरिएकाले विद्यालयका कामकाजका लागि अरुको भर पर्नुपर्ने समस्या अन्त्य भएको छ । शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

सामुदायिक विद्यालयका सबै शिक्षक शिक्षिकालाई आइसिटी तालिम प्रदान गरेर कम्प्युटर दिइएकाले प्रश्नपत्र बनाउन र अन्य कामकाजका लागि भीमादसम्म आउन नपरेको र कसैको सहारा लिन पनि नपरेको नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिए ।

जनज्योति र सिद्धार्थ माध्यमिक विद्यालय नमूना विद्यालयका रुपमा स्थापित भएका छन् । उक्त दुई विद्यालयमा कम्प्युटर शिक्षासम्बन्धी पढाइसमेत हुँदै आएको छ । नगरपालिकाभित्रका दुई वटा आधारभूत र एक माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे नयाँ भवन निर्माण गरिएको छ ।

सामुदायिक विद्यालयको अनुगमन एवं नियमन कार्यलाई प्रभावकारी बनाई सरकारी नीति नियमको पूर्ण पालना गर्न थप जिम्मेवार बनाइएको नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए । प्रारम्भिक बालविकास केन्द्रलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा विकास गरी आवश्यकताका आधारमा सिकाइ वातावरण सुधार, सहजकर्ताको क्षमता विकास एवं प्रोत्साहनको व्यवस्था मिलाइएको छ ।

विद्यालय तहदेखि खेलमा प्रतिभा प्रस्फुटनको वातावरण सिर्जना गर्न विद्यालयस्तरीय खेलकुदमा प्रोत्साहन गर्नाका साथै मेयर कप प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको उनले बताए ।

अङ्ग्रेजी माध्यममा पढाइ तथा सूचना प्रविधि सम्बन्धमा शिक्षकको क्षमता विकास गर्नाका साथै कक्षाकोठामा आधारित पेशागत पद्धतिलाई सुदृढ बनाउने गरी काम अघि बढाइएको छ । विद्यालयको शिक्षालाई गुणस्तरीय, पहुँचयोग्य, प्रतिस्पर्धी र जीवनोपयोगी बनाउन नगरपालिका लागेको छ । नगर शिक्षा योजनालाई सरोकारवालाको सुझावअनुरुप परिमार्जन गरी कार्यान्वयनका लागि उचित व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : २५ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा