निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध : निर्वाचन आयुक्त भण्डारी | Khabarhub Khabarhub

निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध : निर्वाचन आयुक्त भण्डारी


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सँगको सहकार्यमा निर्वाचन आयोगले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले गरेको प्रतिबद्धताअनुसार आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारे । उनले भने, “दलहरुसँगको छलफल र परामर्शबाट नै निर्वाचन आचारसंहिता बनाइएको हो । सबै दलले यसको पालना गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएकाले आचारसंहिता प्रभावकारी कार्यान्वयनमा आयोग प्रतिबद्ध छ ।”

आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन आयोग लागिपरेको बताउँदै सात महिनाको अन्तरालमा स्थानीय निर्वाचन सम्पन्न गरी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गर्न लागिएको बताए । उनले आसन्न निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पँगेनीले निर्वाचन सामूहिक रुपमा जस प्राप्त गर्ने र अपनत्व लिने सामूहिक कार्य भएको बताइन् । उनले सबै सरोकारवालाले आ–आफ्नो तर्फबाट सहयोग गरेमा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने उल्लेख गरिन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सञ्चारमाध्यमहरूले आधिकारिक सूचना र समाचार सम्प्रेषण गरी निर्वाचनलाई सफल पार्ने र निर्वाचन आचारसंहिता उल्लङ्घनमा पहरेदार (वाच डग) को भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले सञ्चार प्रतिष्ठान, पत्रकार र कर्मचारीले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुनेमा जोड दिए । प्रवक्ता शर्माले समानुपातिक निर्वाचनतर्फको मतपत्र दुर्गमका नौ जिल्लामा बाहेक अन्य सबै जिल्लामा ढुवानी गरिसकिएको जानकारी दिए ।

राससका कार्यकारी सम्पादक शीतलप्रसाद महतोले राससले स्वनियमनका लागि निर्वाचन आचारसंहिता पारित गरी लागू गरेको जानकारी दिँदै मतदाताको पक्षबाट जनसरोकारका एजेन्डालाई समाचार सामग्री बनाउने गरिएको जानकारी दिए । राससले निर्वाचन आयोगसँग मिलेर राससको बुलेटिनमा निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्ने र केन्द्रीय कार्यालयमा निर्वाचन रिर्पोटिङ डेस्क स्थापना गरेको बताए । सम्पादक महतोले सञ्चारमाध्यम र पत्रकारले पेसागत मर्यादा र पत्रकारिताको सिद्धान्तमा अडिग, पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना गरी नागरिकप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन तीनवटै सरक्षा निकायसँगै जिल्लामा एक हजार ६ सय म्यादी प्रहरीलाई तालिम प्रदान गर्ने काम भइरहेको बताए । उनले निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराए । कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हुमप्रसाद पराजुली, पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारी, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेलगायतले निर्वाचनलाई सफल बनाउन आमसञ्चारमाध्यमको ठूलो भूमिका रहने उल्लेख गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : ३० बजे

पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको

आज २०८१ साल असार २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल