रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का « Khabarhub

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख चुनाव चिन्हबाहेक अन्यथा सोच्न र कल्पना गर्न नसक्ने बताएका छन् ।

आइतबार राति फेसबुकमार्फत उनले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोजिएको भन्दै यस्तो बताएका हुन् ।
‘निर्वाचन आयोगको निर्णयकाविरुद्धमा पार्टीको आधिकारिकताको बैधानिक दाबि र कानुनि उपचारको लागि २०८२ माघ ३गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको सर्बसम्मत निर्णय अनुसार सबैको तर्फबाट न्याय पाउने विश्वासका साथ आज हामी सर्बोच्च अदालत गएका हौँ,’ उनले भनेका छन्, ‘सर्वाेच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ । रुख चुनाव चिन्हबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ ।’

उनले नयाँ पार्टी खोल्ने, स्वतन्त्र उम्मेदवार हुन्छन् भन्ने हल्लहरूको पछि नलाग्न पनि आग्रह गरेका छन् । ‘नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उमेदवारको रुपमा उठ्छन् , जस्ता बजारमा आएका गलत हल्लाहरुको पछि नलाग्न पार्टीका सबै साथीहरू ,शुभेच्छुकहरु र हाम्रा आम मतदाताहरुमा हार्दिक अनुरोध र अपिल गर्दछु’ उनले भने ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ३१ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी