जुम्लामा नेशनल ग्रीड अवरुद्ध | Khabarhub Khabarhub

जुम्लामा नेशनल ग्रीड अवरुद्ध


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुम्लामा असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइन (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढीपहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको हो । दैलेख, कालिकोट हुँदै जुम्लासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए । उनका अनुसार क्षति भएको स्थानमा मर्मतको काम भइरहेको छ ।

दुई सातादेखि नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलंगामा जसोतसो काम चलाउ आपूर्ति भइरहेको जनाइएको छ । यही बिजुली पनि २४ सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन ।

टोल, क्षेत्र कलष्टर मिलाएर बिजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए । उनले भने, ‘स्थानीय स्तरमा उत्पादित बिजुली कम क्षमताको छ । यो बिजुलीलाई अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्रथामिकता दिएको छ । नागरिकको घरमा पनि कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस भनेर पनि विजुली आपूर्ति गर्ने गरिएको छ ।’

क्षति भएको स्थानमा बिजुलीका पोल गान्ने र तार जोड्ने काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ । सडक पनि अवरुद्ध भएकोले विद्युत सामग्री ओसारपसारमा समस्या भएको बताइएको छ । उनले हप्ता दिनभित्र नेशनल ग्रीड आपूर्ति हुने गरी मर्मतको काम भइरहेको बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ३८ बजे

रेमल चक्रवातले भारी वर्षा गराउँदा मिजोरममा पहिरो, २७ को मृत्यु

एजेन्सी – बंगालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी

ईभीमा अब ८० प्रतिशतसम्म भन्सार शुल्क, ५० प्रतिशत अन्तःशुल्क

काठमाडौं – सरकारले विद्युतीय गाडी (ईभी)मा ८० प्रतिशतसम्म भन्सार शुल्क

बजेटमा वन- ठोस कार्यक्रम आएन, बजेट बढेर आयो

काठमाडौं – आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब

सञ्चारको १ अर्ब बजेट कटौती, फेसबुकमा विज्ञापन नियमन गरिने

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का

सबैभन्दा धेरै बजेट शिक्षामा जाँदा निःशुल्क स्यानिटरी प्याड कटौती !

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१–८२ का लागि १८ खर्ब ६०