जुम्लामा नेशनल ग्रीड अवरुद्ध « Khabarhub

जुम्लामा नेशनल ग्रीड अवरुद्ध


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुम्लामा असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइन (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढीपहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको हो । दैलेख, कालिकोट हुँदै जुम्लासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए । उनका अनुसार क्षति भएको स्थानमा मर्मतको काम भइरहेको छ ।

दुई सातादेखि नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलंगामा जसोतसो काम चलाउ आपूर्ति भइरहेको जनाइएको छ । यही बिजुली पनि २४ सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन ।

टोल, क्षेत्र कलष्टर मिलाएर बिजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए । उनले भने, ‘स्थानीय स्तरमा उत्पादित बिजुली कम क्षमताको छ । यो बिजुलीलाई अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्रथामिकता दिएको छ । नागरिकको घरमा पनि कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस भनेर पनि विजुली आपूर्ति गर्ने गरिएको छ ।’

क्षति भएको स्थानमा बिजुलीका पोल गान्ने र तार जोड्ने काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ । सडक पनि अवरुद्ध भएकोले विद्युत सामग्री ओसारपसारमा समस्या भएको बताइएको छ । उनले हप्ता दिनभित्र नेशनल ग्रीड आपूर्ति हुने गरी मर्मतको काम भइरहेको बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ३८ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर