पाकिस्तानमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७ सय ३१ पुग्यो | Khabarhub Khabarhub

पाकिस्तानमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७ सय ३१ पुग्यो


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा यो वर्षको वर्षा याममा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३१ पुगेको अधिकारीहरुले जनाएका छन् । प्रकापमा अरु १२ हजार आठ सय ६७ जना घाइते भएका छन् ।

बाढीका कारण छ सय ४५ जना बालबालिका तथा तीन सय ५० जना महिलाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

दक्षिणी प्रान्त सिन्ध बाढीबाट सर्वाधिक प्रभावित भएको जनाउँदै उक्त प्राधिकरणले त्यहाँ सात सय ९२ जनाको मृत्यु भएको बताएको छ । दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा तीन सय ३६ र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वा प्रान्तमा तीन सय आठ र पूर्वी पञ्जाब प्रान्तमा दुई सय २३ जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवम् गैरसरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ५० बजे

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,