चुनावी चहलपहल बढ्यो, नेताहरु मतदाता रिझाउँन व्यस्त | Khabarhub Khabarhub

चुनावी चहलपहल बढ्यो, नेताहरु मतदाता रिझाउँन व्यस्त


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वेदकोट – प्रतिनिधिसभा र प्रदेशसभा चुनावले गाउँ, सहर र बजारमा चुनावी माहोल तातेको छ । उम्मेदवारी दर्ता भएपछि मतदाता रिझाउन नेताहरू बस्तीमा पस्न थालेका छन् ।

चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवार मतदातासँग भेटघाट गरेर आफ्ना एजेन्डा प्रस्तुत गर्नमा व्यस्त छन् । नेकपा (एमाले) कञ्चनपुरले चुनावी कार्यक्रमलाई तीव्र गति दिएको सचिव पल्लवराज भट्टले बताए ।

‘पालिकास्तरीय भेला सकेर वडास्तरीय भेला आयोजना गरिरहेका छौँ, वडामा सम्पर्क कार्यालय पनि स्थापना भइरहेका छन्’, उनले भने , ‘चुनावको तयारी तीव्ररूपमा अगाडि बढाएका छौँ, सँगै घरदैलो अभियानमा मतदाता भेटघाट गरेर आफ्ना एजेन्डा सुनाउँदैछौँ ।’

नेपाली कांग्रेस कञ्चनपुरले टोलटोलमा कार्यकर्ताहरूसँग भेटघाट गरेर सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको सचिव भीम भट्टले बताए ।

वाम लोकतान्त्रिक गठबन्धनले आचारसंहितालाई दृष्टिगत गरेर संयुक्तरूपमा चुनाव केन्द्रित अभियानलाई तीव्रताका अगाडि बढाएको उनको भनाइ छ । कञ्चनपुरमा प्रतिनिधिसभाका तीन सिटका लागि ३२ र प्रदेशसभाका छ सिटका लागि ५० गरेर कूल ८२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कञ्चनपुरमा नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)सँग चुनावी तालमेल गरेको छ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) भने एक्लै चुनावमा छ । एमालेले कञ्चनपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ३५ बजे

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,