दुर्लभ सर्प ‘राज गोमन’  संरक्षणमा चिन्ता « Khabarhub

दुर्लभ सर्प ‘राज गोमन’  संरक्षणमा चिन्ता


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लेखनाथ – नेपालमा अत्यन्त दुर्लभ मानिएको राज गोमन (किङ कोब्रा) सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको संरक्षण गर्नुपर्ने भन्दै छलफल सुरु गरेका छन् ।

अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले मानिसलाई टोकेको जानकारी नभएको विज्ञहरू बताउँछन् । वन्यजन्तु संरक्षणमा काम गर्दै आएका संस्थाहरू प्रकृतिका साथीहरू काठमाडौँ, सर्प संरक्षण समाज, नेपाल र पोखरा महानगरपालिका–२५ ले आइतबार पोखरामा किङ कोब्रा संरक्षणका लागि छलफल कार्यक्रम आयोजना गरे । राज गोमन एकमात्र सर्प हो जसले फुल पार्दा गुँडसमेत बनाउने गर्छ ।

सो अवसरमा प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले राज गोमनलाई नचलाउने, नजिस्क्याउने र नजिकमा नजाने हो भने यसबाट बच्न सकिने बताए। ‘नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्रा अत्यन्त न्यून रहेको र यसले आहाराका रूपमा अन्य प्रजातिको सर्प खाने गर्छ ’, आचार्यले भने, ‘कहिलेकाहीँ आफ्नै प्रजातिको सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।’

सर्पसम्बन्धी विज्ञ ऋषि बरालले नेपालमा २२ सर्प प्रजाति विषालु भएको र विषरहित र विषसहितका गरी नेपालमा ८२ प्रजातिका सर्प सूचीकृत भएको जानकारी दिनुभयो । नेपालमा प्रतिवर्ष १२ हजार मानिसलाई सर्पले टोक्ने र तीमध्ये दुई हजार मानिसलाई विषालु सर्पले टोक्ने गरेको तथ्याङ्क सो अवसरमा विज्ञहरूले दिएका छन् ।

‘गोमन जस्ता विषालु सर्पले टोक्दा केही मिनेटपछि नै मानिसको शरीरमा विष फैलिएको लक्षण देखापर्छ, बिरामीले आँखा उघार्न सक्दैन, मुख बन्द हुन्छ, मुखबाट जिब्रोबाहिर निकाल्न सक्दैन, पानी निल्न असजिलो हुन्छ, हातखुट्टा तथा मांसपेशी चल्न कठिन, मुखबाट ¥याल छाड्ने हुन्छ’, सर्पसम्बन्धी अनुसन्धान गर्दै आएका अभिषेक सापकोटाले भने, ‘विषलु सर्पले टोक्ने बित्तिकै बिरामीलाई जतिसक्दो अस्पताल पु¥याउनु पर्छ ।’

नेपालकै एक संस्थाको अध्ययनअनुसार सर्पको टोकाइबाट अधिकांश महिला र बालबालिकाको मृत्यु हुने गरेको छ । तराई क्षेत्रमा हरेक एक लाख मानिसमध्ये २२ जनाको सर्पको टोकाइबाट नै मृत्यु हुने गरेको तथ्याङ्क उक्त अध्ययनबाट खुल्न आएको छ । सर्पले अधिकांश मानिसमा घुँडाभन्दा तल्लो भागमा टोक्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटना हुने गरेको र यीमध्ये ८१ हजारदेखि एक लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क उक्त अवसरमा दिइएको थियो । नेपालमा पाइने २२ प्रजाति विषालु छन्, तीमध्ये गोमन, राज गोमन, करेत, रुसेल्स भाइपर स्नेक ९कर्कट नाग० धेरै विषालु मानिन्छ ।

छलफल कार्यक्रममा जिल्ला वन कार्यालय, प्रदेश कार्यालय तथा वन मन्त्रालयका प्रमुख, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ११ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र