तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि सात बाघलाई « Khabarhub

तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि सात बाघलाई


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पथरी – तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि साबिक विजेता सात बाघले जितेको छ । प्रतियोगिता मोरङको पथरीशनिश्चरे नगरपालिकामा असोज २३ गतेदेखि सञ्चालन भएको थियो । आज भएको फाइनल खेलमा रोयल किङलाई हराउँदै सात बाघले उपाधि जितेको हो ।

उपाधिसँगै सात बाघले रु एक लाख ११ हजार एक सय ११ र उपविजेता रोयल किङले रु ५५ हजार पाँच सय ५५ प्राप्त गरेका छन् । विजेता तथा उपविजेता टोलीलाई पथरीशनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्बापो र पथरी इलाका प्रमुख नायब उपरीक्षक वेदप्रसाद गौतमले पुरस्कार हस्तान्तरण गरे ।

नगरभरिका क्रिकेट खेलाडीको खेल प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको थियोे । प्रतियोगितामा पथरीशनिश्चरे नगरभित्रका आठवटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । असोज २३ देखि कात्तिक ६ गतेसम्म सञ्चालन भएको लिगमा लिग र राउन्ड रोबिनका आधारमा चार टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ४१ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र