डडेल्धुरामा प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि « Khabarhub

डडेल्धुरामा प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । पछिल्लाे मतपरिणाम अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १९ हजार २ सय २१ मत प्राप्त गरेका छन् ।

उनीे सुरूआती चरणबाट नै अग्रस्थानमा छन्। प्रधानमन्त्री देउवालाई स्वतन्त्र उमेदवार सागर ढकालले पछ्याउँदै आएका छन् । सागरले नाै हजार आठ सय ५९ मत ल्याएका छन् ।

भने नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले पाँच हजार पाँच ३६ मत ल्याएर तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । दुई हजार ७२ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सकिएपश्चात प्रदेशसभा सदस्यको मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : ११ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको