कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, पूजाको तयारी पूरा « Khabarhub

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, पूजाको तयारी पूरा


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- आस्था, श्रद्धा र सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका १० वटै स्थानीय तहका ७० स्थानमा छठघाट निर्माण गरिएको छ ।

जिल्लाका नदी, खोला, पोखरी तथा नहरलगायत जलाशयका किनारमा स्थानीय तह, वडा कार्यालय र श्रद्धालुहरूको पहलमा छठघाट निर्माण गरी पूजाको तयारी पूरा गरिएको हो ।

शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठपर्वका अवसरमा विभिन्न स्थानमा पूजाआजा सुरु भइसकेको छ । आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व मनाउने तयारीमा श्रद्धालुहरू जुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्लाका १० वटै पालिकाका ७० स्थानमा छठघाट निर्माण गरी पूजा गर्ने व्यवस्था मिलाइएको छ ।

केही वर्षअघिसम्म सीमित क्षेत्रमा सामान्य रूपमा मनाइने छठपर्व पछिल्लो समय जिल्लाभर विस्तार हुँदै गएको छ । विशेषगरी नदी, खोला तथा पोखरीका किनारमा सामूहिक रूपमा छठ मनाउने प्रचलन बढ्दै गएको छ ।

कपिलवस्तु नगरपालिका–३ स्थित रामघाटमा नदीको वारि र पारि दुवैतर्फ छठपूजाका लागि बेदी निर्माण तथा सजावट गरिएको छ । नदीको वारितर्फ कपिलवस्तु नगरपालिका र पारितर्फ बुद्धभूमि नगरपालिका–१० को पहलमा छठघाट निर्माण गरिएको हो ।

रामघाट छठपूजा समितिका संयोजक सन्तोष गुप्ताका अनुसार पूजाका लागि घाट सरसफाइ, बेदी निर्माण, सजावट तथा बत्तीको व्यवस्था गरिएको छ ।

त्यस्तै, कपिलवस्तु नगरपालिका–३ चप्परतल्लास्थित जमुहरा नालामा पनि छठपूजाको तयारी पूरा भएको छ । त्यहाँ छठपूजा समितिका सन्तोष पाण्डेयले बेदी निर्माण र सजावटको काम सम्पन्न भएको जानकारी दिए । उनले पूजास्थलमा फोहोर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकासँग आग्रह गरेका छन् ।

यसैबीच, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले जिल्लाका सबै छठघाटमा शान्ति सुरक्षा कायम गर्न आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ४ : ५० बजे

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, पूजाको तयारी पूरा

कपिलवस्तु- आस्था, श्रद्धा र सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका १० वटै

विराटनगरविरुद्ध टस जितेको लुम्बिनीले पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा लुम्बिनी लायन्स

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

टर्किए– नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

कास्की– माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै