तनहुँ-२ मा कांग्रेसका शंकर भण्डारी विजयी « Khabarhub

तनहुँ-२ मा कांग्रेसका शंकर भण्डारी विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

डुम्रे – तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाउनुभएको क्षेत्र नम्बर दुई निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार तीन सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार चार सय २१ मत प्राप्त गरेका छन्। खसेको कुल मत ६८ हजार आठ सय १७ रहेको छ भने तीन हजार पाँच सय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित भएका थिए।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : १६ बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख