अछाम – १ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी « Khabarhub

अछाम – १ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

अछाम – अछाम क्षेत्र नं १ बाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

कुँवर १९ हजार पाँच सय ३४ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत पाए ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४१ हजार तीन सय ९२ मतगणना हुँदा एक हजार नौ सय ७७ मत बदर भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ४९ बजे

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

मतदातालाई गालीगलौज गरेको आरोपमा रवि चुडाल पक्राउ

काठमाडौं – झापा–५ का मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक