महोत्तरीमा महन्थ ठाकुरको विरासत संकटमा « Khabarhub

महोत्तरीमा महन्थ ठाकुरको विरासत संकटमा


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – लोसपा अध्यक्ष महन्थ ठाकुरको विरासत संकटमा परेको छ । स्वतन्त्र उम्मेदवार रामआधार कापरले निरन्तर अग्रता लिँदै ठाकुरलाई पछाडि पारेपछि ठाकुरका बारे विभिन्न अड्कलबाजी सुरु हुन थालेको छ ।

देशभरिको मतगणनाको अवस्था हेर्दा चर्चित नेताभन्दा स्थानीय जनमानसमा भिजेको नेतालाई जनताले रुचाएको देखिएको छ । यसअघिको निर्वाचनमा समेत यसै क्षेत्रबाट निर्वाचित भएका ठाकुरले जनतामा खासै प्रभाव छाडन सकेनन् ।

काठमाडौँ केन्द्रित हुने र गाउँलाई भुलिदिने चरित्रले जनताले यसपालि सजाय नै दिने हुन कि भन्ने पनि प्रशस्त अड्कलबाजी छन् । लोसपाको बलियो सांगठानिक संरचना रहेका ठाउँहरूमा समेत ठाकुर पछाडि परेपछि कतिपय स्थानीयले पराजयको संकेत हुनसक्ने बताएका छन् ।

जिल्लामा अहिले तीन जना हेभिवेट नेता चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नं. १ मा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, क्षेत्र नं. २ मा सरद सिंह भण्डारी र क्षेत्र नं. ३ मा महन्थ ठाकुर छन् ।

तीनै जना नेताको राष्ट्रिय राजनीतिमा गर्विलो विरासत छ । उप-प्रधानमन्त्री समेत भइसकेका महन्थ ठाकुर हुन् वा दर्जनभन्दा बढी पटक मन्त्री बनेका सरद सिंह भण्डारी हुन् वा दुई पटक शिक्षा, स्वास्थ्य मन्त्री बनिसकेका गिरिराजमणि पोखरेल हुन् ।

उनीहरूले राष्ट्रिय राजनीतिमा राम्रो छाप छाड्न सफल छन् । प्रारम्भिक मतगणनामा यी नेतहरूमध्ये दुई जना महन्थ ठाकुर र गिरिराजमणि पोखरेल सकसमा छन् भन्ने प्रमाणित भएको छ ।

पोखरेलभन्दा पनि महन्थ ठाकुरको विषयलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । क्षेत्र नं. १ मा ‘ख’ बाट मतगणना गरिएको हुनाले लक्ष्मी महतोले अग्रता लिनुलाई माओवादी केन्द्रका नेताले पनि स्वाभाविक ठानेका छन् ।

किन की जहाँ-जहाँ मतगणना भएको छ त्यो महतोको मातृ क्षेत्र हो । राम्रो प्रभाव भएको उक्त क्षेत्रमा अझ आंकलन भन्दा कम मत आएको हुनाले पोखरेललाई फाइदा नै पुगेको स्थानीयहरू बताउँछन् ।

यता भण्डारीले भने प्रारम्भिक चरणमा अग्रता लिएको र अन्य क्षेत्रमा समेत मतदाताहरूको नजरमा राम्रो उम्मेदवारको रुपमा पर्ने भएकाले भण्डारीको जित सुनिश्चित भएको नेताहरू बताउँछन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ५३ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर