समानुपातिकतर्फ कुन पार्टीको मत कति? « Khabarhub

समानुपातिकतर्फ कुन पार्टीको मत कति?


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभातर्फको १६५ सिटमध्ये १३५ सिटमा मतगणना भइरहेको छ । बाँकी ३० सिटमा विभिन्न प्राविधिक समस्या र कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण गणना हुन सकेको छैन ।

हालसम्म मतगणना भएका क्षेत्रमध्ये कांग्रेसले सर्वाधिक १३ सिटमा विजयी हासिल गरिसकेको छ भने दोस्रो स्थानमा रहेको एमालेले चार सिट जितेको छ । यस्तै, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन सिट, माओवादीले एक सिट, राप्रपाले एक सिट, एकीकृत समाजवादीले एक सिट र नागरिक उन्मुक्ती पार्टीले एक सिटमा जित हासिल गरेका छन् ।

प्रत्यक्षसँगसँगै समानुपातिकतर्फको ११० सिटका लागि आएको मत पनि गणना भइरहेको छ । समानुपातिकतर्फ सर्वाधिक मत एमालेले पाइरहेको छ । हालसम्म एमालेले दुई लाख ४१ हजार नौ सय ९९ मत पाएको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले दुई लाख १९ हजार चार सय ४९ मत पाएको छ ।

यस्तै, अन्य दलहरू क्रमशः माओवादीले एक लाख चार सय ५३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख १२ हजार ६१ मत, राप्रपाले ५७ हजार सात सय ६४ मत, जसपाले १७ हजार सात सय ५८ मत, एकीकृत समाजवादीले १३ हजार तीन सय मत र नागरिक उन्मुक्ती पार्टीले ११ हजार तीन सय २१ मत पाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ०८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान