गोरखाका चारवटै प्रदेश सभा सदस्यमा गठबन्धन विजयी « Khabarhub

गोरखाका चारवटै प्रदेश सभा सदस्यमा गठबन्धन विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पोखरा – गोरखाका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेद्वार विजयी भएका छन् ।

गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल, १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा तथा २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भए ।

गोरखा १ (क) मा धितालले एमालेका सुरेन्द्र थापालाई हराएका हुन् । धितालले १४२७६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी थापाले ८८०२ मत पाएका छन् । १ (ख) मा न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराए । न्यौपानेले १६२६५ मत पाउँदा भट्टराईले ७५३३ मत पाए ।

गोरखा २ (क) मा माओवादीको चुनाव चिन्हबाट लडेका देवकोटाले एमालेका राजु रानालाई पराजित गरे । देवकोटाको १०२४७ मत आउँदा रानाले ४२०४ मत पाए । (ख) मा कांग्रेसका पाण्डे अत्यधिक मतले विजयी भएका छन् । उनले एमालेका बसन्त गुरुङलाई हराएका हुन् । पाण्डेको १५२२९ मत आउँदा गुरुङले ४५२९ मत मात्रै पाए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : ०६ बजे

मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको

सन्दीप अनुपस्थित खेलमा सात विकेटको जित निकालेको नेपालको दोस्रो खेल शनिबार

काठमाडौं – आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ– मंगलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट निकासी

आज शहीद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय